नेपालकै पहिलो स्वचालित अत्याधुनिक शौचालयको रूपमा चर्चा पाए पनि सञ्चालनमा आएको केही समयमै शौचालय प्रयोगविहीन भएको छ ।
राष्ट्रिय सभा उपनिर्वाचनमा तीन सय बढी मत खसेको छ। घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा दिउँसो १:३० बजेसम्म तीन सय चार जनाले मतदान गर्नुभएको हो।
मानव अधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । समाजले ३४ जना बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ८ हजारको छात्रवृत्ति प्रदान गरेको हो ।
केही समय पहिला बाजुरामा सामान ढुवानी गर्ने रूपमा प्रयोग हुँदैआएका गधा र खच्चर बिस्तारै लोप हुन थालेका छन् ।
इलामको माइजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँ बजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा निर्माण गरिएको छ । २१ फिट अग्लो प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा निर्माण गरिएको हो ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले समाजमा देखिएका विकृति, विसङ्गतिलाई निस्तेज पारी समतामूलक समाज निर्माणमा युवाहरू अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
सरोज खनाल र सुनिल थापा अभिनीत सिरिज 'लालबहादुर : द स्पार्क'को ट्रेलर सार्वजनिक भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गर्नुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमङ्गलेमा विद्यालयका छात्राहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ ।
प्रतिकूल मौसमको परबाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।
विद्यालयमा हामी सबैको काम पढ्ने हो । अनुशासित बन्ने हो । सबैको बानी व्यवहार , आचारण र स्वभाव एउटै हँुदैन । प्रदिना नाम गरेको मेरो साथी भने केही फरक खालकी थिइन् । कसैको कापी, कसैको कलम केही न केही चोरी हाल्ने बानी थियो । एकदिन साथीको किताब हरायो । सबैले उनैलाई शङ्का गरे । नभन्दै हेडसरकोमा लगियो । हेरडस
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान गर्नुभएको थियो ।
हेर्दा पनि कति राम्रो कमिलाको ताँती कमिलाझैँ मिल्नुपर्छ हामी साथी साथी आँधी, हुरी, असिनाको मान्नुपर्छ डर बेइमान र फटाइँबाट हुनुपर्छ पर
मानव बेचबिखन र ओसारपसार गर्ने जुगल गाउँपालिका–५ की वर्ष २५ की कविता घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।