• ३१ वैशाख २०८२, बुधबार

जनमत पार्टी सरकारमा जाने

blog

काठमाडौँ, साउन २७ गते । जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र) ले लिएका मन्त्रालयमध्ये एकबाट माओवादीका मन्त्रीको स्थानमा जनमत पार्टीबाट मन्त्री बनाइने भएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले एक महिनाअघि नै प्रतिनिधि सभामा उक्त पार्टीका समानुपातिक सदस्य अनितादेवी साहलाई मन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिफारिस गर्नुभएको थियो । 

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले आइतबार शपथ गराउने गरी तयारी गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड दुई दिनको चितवन भ्रमणका लागि शुक्रबार त्यसतर्फ जानु भएको छ । आइतबार उहाँ आएपछि नियुक्ति र शपथग्रहण गराइने तयारी भएको छ ।