• ८ मंसिर २०८१, शनिबार

गजल

blog

कुनै माझी नहुँदा, नजिक किनारा नहुँदा

म डुबेँ बिच नदीमै तिम्रो सहारा नहुँदा । 


निभायौ तिमीले मेरा आशाका ती बत्तीहरू

छल्लिएँ एक्लै बाटोमा जून र तारा नहुँदा ।


तिमी एउटाका लागि टाढा पारेँ सारालाई 

एक्लिएँ आज आफैँ  ती आफ्ना सारा नहुँदा ।


फकाएँ मनलाई पनि बिर्सिदे तिमीलाई भनी

थाकेँ यो मनको पनि सुध्रिने पारा नहुँदा ।


अन्त्यमा एक्लोपना नै बाँच्नुको आधार मानेँ 

मान्न बाध्य नै भएँ म अरू चारा नहुँदा ।