नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले देशका समृद्धिका लागि बौद्धिक वर्ग सङ्गठित हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली लेखक सङ्घ काठमाडौँ जिल्ला समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सङ्घ बौद्धिक वर्ग सङ्गठित हुने माध्यम बन्न पनि सुझाउनुभयो ।
आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ। विमान कम्पनीले यात्रुसँग आँखाको परीक्षण प्रतिवेदन खोज्न थालेका छन् तर त्यसको मापदण्ड तय भइसकेको छैन। आँखा पाक्ने समस्या देशव्यापी बन्दा प्रमुख आँखा अस्पतालमा ७० प्रतिशतभन्दा बढी बिरामी आँखा पाक्ने समस्याले आउने गरेका छन्। तीमध्ये ५० प्रतिशत १५ वर्षमुनिका छन्। काठमाडौँ उपत्यकामा यो समस्या केही कम देखिए पनि उपत्यकाबाहिर भने ७० प्रतिशतमा आँखा पाक्ने समस्या रहेको छ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र जाजरकोटको नलगाड नगरपालिकाबिच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतले हस्ताक्षर गर्नुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रुकुमपश्चिम शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री हुँदै आएको थियो । यीमध्येका केही सस्तोमा पाइने भएपछि खाद्यको चामलप्रति उपभोक्ताको आकर्षण थियो ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी गाँउपालिका -४ ऐनापहरा नजिक शनिबार सॉझ खसेको ढुङ्गा
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेशद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कार अर्पण समारोहमा उहाँले यही आर्थिक वर्षमा सञ्चार विधेयक दर्ता गर्ने तयारी भएको जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्याली आयोजना गरेको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक दुई वर्षमा वृद्धि हुनुपर्ने श्रमिकको न्यूनतम् पारिश्रमिक तीन वर्ष बितिसक्दा पनि वृद्धि हुन नसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताउनुभएको छ ।
बाह्रौँ अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा पर्यटकीय नगरी सौराहामा हात्तीलाई वनभोज खुवाइएको छ । सरकारी तथा निजी स्तरका हात्तीहरुलाई खीर, केकसहित वनभोज खुवाइएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले वर्तमान सरकार युवालाई श्रमसँग जोड्न लागिपरेको बताउनुभएको छ ।
राधा लुइटेलफिदिम, साउन २७ गते। पाँचथरको फिदिम नगरपालिका ३ लालिखर्क स्थित ‘मिना दुग्ध डेरी उद्योग’मा शनिबार अपरान्ह आलगागी हुँदा ३० लाख रुपियाँ बराबरको क्षति भएको छ।स्थानीय टीका राईले सञ्चालन गर्दै आएको उक्त डेरीमा अचानक सल्केको आगोले १० क्विन्टल छुर्पी, घीउ, दूध, क्रिम, दूध जाँच्ने सेनेलाइजर मेसिन र तौल मेसिन जल्दा यत्तिको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाले बताउनुभयो।अपह्न साढे तीन बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको प्रयासमा एक घण्टा पछाडि नियन्त्रणमा आएको थापाको भनाइ छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका नगर्न आग्रह गर्नुभएको छ। शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
शनिबार राति पाँच प्रदेशमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको छ।