सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गर्नुहुने कार्यसूची रहेको छ ।
पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल ९० प्रतिशत काम सम्पन्न भएको छ भने परीक्षणमै समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारवासीले सहज ढङ्गले खानेपानी पाइने भयो भन्ने आशामा थिए ।
दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा।२ ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ । शीतल निवासमा बिहान १० बजे उहाँहरूले राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
महोत्तरीको बर्दिबास नगरपालिकाको छुट्टाछुट्टै स्थानमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपले ठक्कर दिँदा दुई पैदलयात्रुको मृत्यु भएको हो ।
नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो ।
काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा जडानपछि गति मापनमा समेत मद्दत पुग्ने छ । मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित पूर्व–पश्चिम राजमार्गको पुरानो भन्सार क्षेत्रमा दुई सिसीक्यामेरा जडान गरिएका छन् ।
धनौजी गाउँपालिका वडा नं. २, खत्वे टोलकी लक्ष्मीनियाँ महराका सन्तानमध्ये जेठी छोरी १५ र माइली छोरी १३ वर्षको उमेर हुँदासम्म पनि विद्यालय जान पाइरहेका छैनन् । गत सालदेखि विद्यालय जान थालेका ती दुई बालिकालाई यस वर्षदेखि विद्यालयमा प्रवेशसमेत गर्न दिइएन । उनीहरूसँग जन्मदर्ता नहुँदा पढ्नबाट वञ्चित गराइएको हो ।
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।
वेदकोट नगरपालिका–४, मा पर्ने बगुन खोला तटबन्ध निर्माण कार्यमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेका छन्। अवैध ढुङ्गा सङ्कलन गरिएका ढुङ्गा खरिद गर्नुपर्ने मनसाय राख्दै वडाध्यक्षले नै करिब एक किलोमिटर तटबन्ध निर्माणको काममा अवरोध गरेको आरोप लागेको छ।
इलामको प्रमुख पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडा पदमार्गले जोडिएको छ । सङ्घीय सरकारको आर्थिक लगानीमा माईपोखरीबाट सन्दकपुर जोड्ने पदमार्गको छिन्टापु–सन्दकपुर खण्डको निर्माण पूरा भएको हो ।