नेपाल केन्द्रको आयोजनामा र आर्ट्स फर पिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकारका करिब डेढ सय कृति प्रदर्शनीमा राखिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा आयोजना गरिएको क्रसिङ कन्टिनेन्ट आर्ट एक्जिविसनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिलसिनाले विदेशी तथा स्वदेशी कलाकारका कृतिलाई एकै स्थामा प्रदर्शनीमा राखिनु देशका लागि सम्मानको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कलाकारले आफ्नो देशको मौलिकता संस्कृतिलाई चित्रमार्फत उजागार गर्दै यस्ता कार्यक्रमलाई तीव्र र व्यापक बनाउनुपर्ने बताउनुभयो ।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
लोक रक ब्यान्ड नेपथ्यले जापानको तोयोसु पिट हलमा प्रस्तुति दिएको छ । जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ नेपथ्यले प्रस्तुति दिएको जनाएको छ । प्रस्तुतिमा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ जस्ता चर्चित गीत प्रस्तुत गरिएको थियो । अमृत गुरुङले गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनको तस्बिर देखाइएको थियो ।
गायक यश कुमारको ‘सुस्तरी सुस्तरी’ बोलको गीत सार्वजनिक भएको छ । यश कुमारको अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गायनमा उहाँलाई अनु चौधरीले साथ दिनुभएको छ । यश कुमारको सङ्गीत रहेको गीतमा एसके बच्चाले सङ्गीत संयोजन गर्नुभएको छ । गीतमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगर प्रहरीबिचको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ ।
आफ्नै छोराको हत्या आरोपमा एक जना वृद्धलाई २० वर्षपछि धनुषा प्रहरीले पक्राउ गरेको छ । हत्या आरोमा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले विहीबार पक्राउ गरेको हो ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । सञ्चालनमा रहेका वाणिज्य बैङ्कहरूमा नाफामा दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैङ्कले आर्जन गरेको नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढेको छ । बैङ्कले अघिल्लो आवमा चार अर्ब ९५ करोड रुपियाँ खुदा नाफा आर्जन गरेको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १० जनामा गरेको पिसिआर परीक्षणमा ८० प्रतिशतमा आँखा पाक्ने समस्या भएका व्यक्तिमा इन्टेरो भाइरस पुष्टि भएको जनाएको छ । गएको सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा भाइरस कन्जक्टिभाइटिस लक्षण भएका व्यक्तिबाट नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैशीले ती नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर प्रविधिबाट परीक्षण गर्दा ८० प्रतिशत नमुनामा इन्टेरो भाइरस देखिएको जानकारी दिनुभयो । उहाँले पाटन अस्पतालबाट ल्याइएका नमुनामा आठ जनामा इन्टेरो भाइरस पुष्टि भएको जानकारी दिनुभयो ।
नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण पार्टी पङ्क्तिलाई वडा स्तरमा केन्द्रित गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पदाधिकारी बैठकमा उहाँले ७५३ स्थानीय तहका छ हजार ७४३ वडामा केन्द्रित हुन आग्रह गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डले पार्टीको तीनमहिने अभियानको आगामी भदौ १६ गते ७५३ स्थानीय तहका सबै वडामा एकैदिन अभियानको उद्घाटन गर्ने तयारी गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदान गरिएको छ। यातायात व्यवस्था कार्यालय भरतपुरले ना ५ ख ३१३८ नम्बरको सो बसको रङ र रुटको समस्या समाधान गर्दै नयाँ रुटको अनुमति दिएको हो। कार्यालयका अधिकृत सुरेश चपाईका अनुसार बसलाई कुरिनटार–नारायणगढ–भोजाड–पदमपुर–जुटपानी हुँदै शक्तिखोरको रुट कायम गरिएको छ।
सुकुमलाल प्रजाले बल्ल चिटिक्कको पक्की घर पाउनुभएको छ। लामो समयदेखि वर्षायाममा पानी चुहिने र हावाहुरी आउँदा घरभित्रै पानी पस्ने छाप्रोमा उहाँको बास थियो। अब भने सुकुमलालको बसाइ सहज हुने भएको छ। बारबेर केही नभएकाले बस्दै आएको घर खुला गोठजस्तै थियो। भान्साका भाँडाबर्तन गतिला थिएनन्। भएका सिलाबरका पुराना भाँडाकुँडा असरल्ल रहन्थे। न लगाउने कपडा नै गतिला हुन्थे, न त ओढ्ने ओछ्याउनेले चिसो छल्न सक्थे। यसरी नै वर्षौंदेखि दैनिकी चल्दै आएको थियो पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६, सिलिङ्गेका ४१ वर्षीय सुकुमलालको पाँच जनाको परिवारको। छाप्रोमा बसेर दैनिक गुजारा गर्दै आउनुभएका सुकुमलालको सहृदयी दाताको सहयोगमा अबको घरायसी दैनिकी फेरिने भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख किरण बज्राचार्यले सांसद डा. सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिनुभयो।
दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले बिहीबार एक लाख ५० हजार राशिको पुरस्कार साहित्यकार चापागाईंलाई प्रदान गर्नुभएको हो।