काठमाडौँ, साउन २६ गते । नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ ।
गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको बताउनुभयो । सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।