धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ ।
अस्ट्रेलिया र चीनबीच तनावपूर्ण सम्बन्ध सुधारका लागि मन्त्रीस्तरीय वार्तापछि अस्ट्रेलियाले सोमबार चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न आग्रह गरेको छ ।
पूर्वी नवलपरासीमा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा भारतका मोन्टी देसाई नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार देसाईलाई प्रशिक्षक नियुक्त गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिचौलियाको चलखेलको कारण सेवाग्राही मर्कामा परेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कार्यालय वरपरबाट उनीहरूलाई हटाइएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ ।
संसदमा पेश गरिएका सङ्कल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले माघ २५ गते विश्वासको मत लिनु हुने भएको छ ।
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलायमान बनाउने कुरामा छलफल गर्नुभएको हो ।
सर्लाहीको हरिवनमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका दुई जनालाई सोमबार बिहान थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताउनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ । अघिल्लो पटक यस रोगविरुद्धको औषधि बहुसङ्ख्यक मानिसले नखाएका कारण यसपटक अभियान नै सञ्चालन गरी औषधि खुवाउन थालिएको हो ।