नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता भएको छैन ।
सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता रोशन मगर र रजत पदक विजेता श्यामप्रसाद वास्कोटालाई दमक परिक्रमा सहित सम्मान गरिएको छ ।
नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका छन् ।
मैया आले ३६ वर्षदेखि थापाथलीस्थित बाग्मती किनारको सुकुम्वासी बस्तीमा बस्दै आउनुभएको छ । उहाँका श्रीमान्को ११ वर्ष पहिला प्यारालाइसिसबाट मृत्यु भयो । त्यसपछि छोराछोरीको पालनपोषण, शिक्षा सबै जिम्मेवारी मैयाकै काँधमा आयो ।
पौडी खेल्ने क्रममा खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित जेठीनालामा डुबेर बेपत्ता भएका खजुरा ६ शान्तिनगरका १५ वर्षिय विकास सुनार अझै फेला परेका छैनन् ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगङ्गा गाउँपालिका–२ बैसरीमा गुडिरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भीर घाइते हुनुभयो । बुधबार साँझ ग १ ज ६८२० नं को बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो ।
गोरखा नगरपालिका–७, सतिपीपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ ।
सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरापर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने भनी गरिएको प्रचारप्रसार शास्त्रसम्मत् नरहेको पञ्चाङ्गका तर्फबाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
दाङमा एक वर्षको अवधिमा २८ वटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् ।
कवि तथा गीतकारको छवि बनाएका लालगोपाल सुवेदी स्थापित नाम हो । उनको १९ औँ कृतिका रूपमा राहुल–यशोधरा संवाद गीतिनाटक प्रकाशमा आएको छ । पछिल्लो समय
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन् । आफूलाई भेट्न आएका वकिलहरूलाई नेता खानले यस्तो आग्रह गरेका हुन् ।
....रेलको एउटै कोठामा परेको रुसी युवालार्ई अलि अलि अङ्ग्रेजी आउने रहेछ । मैले उसलार्ई तिमीले ‘अग्निदीक्षा’ उपन्यास पढेका छौ भनी भनी सोध्न चाहेँ । तर अग्निदीक्षालार्ई अङ्ग्रेजीमा के भनिन्छ आफैँलाई थाहा नभएकाले त्यसको लेखक अस्त्रोभस्की अनि पात्रहरू तान्या र पाभेल भएको कुरा गरेँ । ती युवाले हो, ज्यध त्झउभचभम तजभ क्तभभ िभनी सो उपन्यासको नामै किटे । त्यस दिनदेखि मैले उक्त पुस्तकको अङ्ग्रेजी नाम जानेँ ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यतिबेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।
गङ्गा आरतीका लागि बत्ती तयारी गर्दै भक्तजन ।
खोटाङको एक विद्यालयमा विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीको कारण विद्यार्थी जीर्ण भवन (धराप भित्र) बसेर अध्ययन गर्न बाध्य भएका छन् । जिल्लाको केपिलासगढी गाउँपालिका–१ फेदिस्थित पत्करु आधारभूत विद्यालयमा नयाँ भवन बने पनि पुरानै भवनमा विद्यार्थीलाई राखिएको पाइएको छ ।