• १९ वैशाख २०८१, बुधबार

मेरा सोभियत सम्झनाहरू

blog

....रेलको एउटै कोठामा परेको रुसी युवालार्ई अलि अलि अङ्ग्रेजी आउने रहेछ । मैले उसलार्ई तिमीले ‘अग्निदीक्षा’ उपन्यास पढेका छौ भनी भनी सोध्न चाहेँ । तर अग्निदीक्षालार्ई अङ्ग्रेजीमा के भनिन्छ आफैँलाई थाहा नभएकाले त्यसको लेखक अस्त्रोभस्की अनि पात्रहरू तान्या र पाभेल भएको कुरा गरेँ । ती युवाले हो, ज्यध त्झउभचभम तजभ क्तभभ िभनी सो उपन्यासको नामै किटे । त्यस दिनदेखि मैले उक्त पुस्तकको अङ्ग्रेजी नाम जानेँ ।

बिहान सवा दस बजे रेल करगरा स्टेसनमा रोक्यो । हाम्रा सहयात्री रुसी केटाहरू बिदा भएर गए । बिहानैदेखि रेलको झ्यालबाट हरियो जङ्गल, समुन्द्री किनार अनि पहाड पनि देखियो । सायद ककेसियाली पर्वतमाला सुरु हुन लागेको होला । अहो कति लामो रेल यात्रा !

इन्जिनियर साहित्यकार रामबिन्दु श्रेष्ठ ‘सोभियत रुस’ पढ्न जानुभएका बेलाको एउटा प्रसङ्ग हो यो । 

यो संस्मरण चालिसको दशकको दुर्गम बाग्लुङदेखि काठमाडौँ हुँदै नेपालबाट हजारौँ मइल टाढा अवस्थित सोभियत भूमिसम्मको सङ्घर्ष,  रोमान्स, चुनौती र हासिल उपलब्धिको सारसङ्क्षेप हो । उच्च शिक्षा अध्ययनका व्रmममा त्यो बेलाको सोभियत सङ्घमा रहँदा साक्षात्कार गरिएका नयाँ सभ्यता, संस्कृति र परिवेशको अनुभूति ‘मेरा सोभियत सम्झनाहरू’ कृतिमा सँगालिएको छ ।

लेखकका शब्दमा उनले पढेको काल ग्लासनोस्ट र पेरेस्त्रोइकाको काल थियो । कैलेदेखि जरा हालेका विकृति र विसङ्गति झाँगिन थालेका थिए । यस्तो परिस्थितिमा पनि आक्कलझुक्कल बाँकी रहेको ‘समाजवादी संस्कृति’ भेटिँदा एउटा छुट्टै आनन्द आउँथ्यो । केही मान्छे अझै सीधा थिए, केही मान्छे अझै सरल थिए, केही दिग्गज अझै समर्पित थिए । परिवर्तनको हुरीले तिनलाई निमिट्यान्न पारिसकेको थिएन । ७० वर्ष अगाडिदेखि निर्माण गर्न खोजिएको तर विलुप्त प्रायः हुन लागेको सभ्यताको अझै कतै सुगन्ध भेटिन्थ्यो । त्यसको महकले उसलाई ‘सोभियत सङ्घ’ अध्ययन गर्दैछु भन्ने अस्तित्वबोध गराउँथ्यो । उनले अध्ययन सिध्याएर फर्किएलगत्तै त्यो सोभियत मुलुक ढल्यो । पन्ध्र वटा स्वतन्त्र मुलुक मिलेर खडा भएको त्यो मित्रताको अनुपम नमुना टुक्रा टुक्रा भयो । त्यो मुलुक जहाँ लेखकले उच्च शिक्षा हासिल गरेका थिए, त्यो सोभियत राष्ट्र, जसलाई राष्ट्रिय गानमा ‘स्वतन्त्र राष्ट्रहरूको अविनाशी सङ्घ’ भनेर गाइन्थ्यो अब विश्वको मान चित्रमा रहेन । ‘नयाँ सोभियत मान्छे’ र ‘नयाँ सोभियत सभ्यता’ निर्माण गर्ने उद्देश्यले स्थापित सोभियतहरूको देश केवल इतिहासमा सीमित भयो । 

आफ्ना जीवनका ती सुनौला दिनहरूको नोस्टाल्जियाले लेखकलाई यो कृति सिर्जना गर्न प्रेरित ग-यो ।

सोभियत राष्ट्रको मात्र नभई उक्त संस्मरणात्मक कृतिमा उहाँबाट भ्रमण गरिएका युरोपका विभिन्न मुलुकबारे पनि विशद चर्चा गरिएको छ । त्यहाँका झिलिमिली र वैभवतालाई सोभियत सरलता र शालीनतासँग दाँजिएको छ । सोभियतकालका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका आरोह, अवरोहलाई लेखकले विश्लेषणात्मक तबरबाट जीवन्त दर्साउनुभएको छ ।

‘मेरा सोभियत सम्झनाहरू’ सोभियत भूमिमा छ वर्ष व्यतीत गर्दा लेखिएको दैनिकीमा आधारित छ । तमाम घटना, मिति, समय, व्यक्ति अथवा स्थानविशेषका वर्णनले यसलाई जीवन्त तुल्याएको छ । त्यसैले पनि होला पढ्न बसेपछि यसलाई छोड्नै सकिँदैन र फेरि फेरि पढ्दा झन् आनन्द आउँछ । यो कृतिको ओजिलोपनको मापन हो ।

पुस्तकको अन्त्यमा लेखकका समकालीन कोलम्बिया, क्युबा, लेबनानका विद्यार्थीहरू र एरेभान भाषा अध्ययनकालका कम्सामोलेच शिक्षक सिमन तथा इन्स्टिच्युटका डिनकी नातिनी ओल्गाका उद्गारहरूले पुस्तकलाई थप रोचक तुल्याएको छ ।

समग्रमा भन्नुपर्दा यो संस्मरण नियात्राका पारखी र विश्व इतिहासका जिज्ञासुहरूका लागि सानो खुराक पनि हो । 


कृति:  मेरा सोभियत सम्झनाहरू

लेखक: रामबिन्दु श्रेष्ठ

विधा: संस्मरण नियात्रा

प्रकाशन: २०७९

प्रकाशक:  नेपाल–रुस साहित्य समाज

मूल्य :  ४७५ ।–

Author

ई. आमूल श्रेष्ठ