• २२ कात्तिक २०८२, शनिबार

लहानमा सुविधा सम्पन्न सिनेमाहल सञ्चालनमा

blog

लहान–३ मा सञ्चालनमा आएको कार्निभल सिनेमा हलबारे जानकारी गराउनुँदै सञ्चालन अभिनव मुरारका । तस्बिर : जीवछ यादव

लहान, कात्तिक २२ गते । लहान नगरपालिका –३ मा नौ करोडको लगानीमा सुविधा सम्पन्न सिनेमाहल सञ्चालनमा आएको छ । लहानका प्रतिष्ठित उद्योगपति मुरारका परिवार अभिनव मुरारकाले नौ करोडको लगानीमा १३८ जनाले हेर्न सक्ने सिनेमाहल निर्माण भएको जानकारी दिनुभयो ।

उहाँको अनुसार पश्चिममा वीरगञ्ज र पूर्वमा बिराटनगरमा मात्रै यस्तो सिनेमाहल रहेको छ । यो सिनेमा हलले लहानको आन्तरिक पर्यटनमा समेत बल पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याएको हो । १८ किलोमिटर दक्षिणमा रहेका भारत विहारसम्मको व्यक्तिहरु आउने अपेक्षा गरिएको छ ।

तीन सय, पाँच सय र नौ सय टिकट दर रहेको छ । यद्यपि, लहानमा पहिलोपटक यति धेरै लगानी र महँगो टिकटका कारण सिनेमाहल कसरी टिकाउने भन्ने चुनौती भए पनि यसलाई टिकाएर लहानको समृद्धिमा एक महत्त्पूर्ण आयाम कायम हुनेजिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनुभयो ।

सिरहा सप्तरी उदयपुर जिललाका लागि मनोरञ्जनको केन्द्र बनेको कार्निभल सिनेमाहल सञ्चालनको लागि नौ करोड लगानी गरेको यस्ता गौरवगर्ने सिनेमाहल सञ्चालन गर्न प्रशासनिक र सुरक्षाको पूर्ण प्रत्याभूति गराउने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विश्वास व्यक्त गर्नुभयो ।