• ९ मंसिर २०८१, आइतबार

नदीहरूमा जल सतह बढेपछि म्यान्मामा १८ हजारभन्दा बढी विस्थापित

blog

याङ्गुन,  साउन,  २६ गते । म्यान्माको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

केइन राज्यका छवटा टाउनसिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिँदैछ,  केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै  सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

थानल्विन नदीसहित केइन राज्यका विभिन्न नदीमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा-आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।  

यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेलमार्ग मङ्गलबार बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीका कारण डुबानमा पारेका छन् ।

देशको मौसमविज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो  यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।

बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको  ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी  जारी गरेको छ।

बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई  प्रत्येक वर्ष  बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । मेरो घरको भुइँ तल्ला हाल डुबेको छ।

बागोका तल्लो क्षेत्रका केही बासिन्दालाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् । रासस/सिन्ह्वा