• १३ साउन २०८१, आइतबार

दामन रिसोर्टकाे भाडा एक करोड रुपियाँ

blog

काठमाडौँ, साउन २५ गते । मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो । 

पर्यटकीय स्थलको रूपमा रहेको यस दामन क्षेत्र पछिल्लो समय निकै प्रख्यात बन्दै गएको छ । काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा रहेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेसँगै रिसोर्टलाई थप व्यावसायिक बनाउने लक्ष्यले नगरपालिकाले ठेक्कामा लगाउने निर्णय गरेको जनाएको छ । 

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले ३० दिनभित्र बोलपत्र आह्वान गर्न सूचना जारी गरेको हो । सूचनामा सम्झौतासँगै २५ प्रतिशत अर्थात् २५ लाख रकम बुझाउनु पर्नेछ भने पाँच वर्षमा पहिलो किस्ता बापतको ३० प्रतिशत रकम बुझाउनु पर्नेछ । त्यसपछि दोस्रो किस्ता बापत ३० प्रतिशत १२ वर्षभित्रमा बुझाउनुपर्ने र बाँकी १५ प्रतिशत रकम १९ वर्षभित्रमा चुक्ता गर्नुपर्ने जनाएको छ ।