• १३ साउन २०८१, आइतबार

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो

blog

पर्सा, साउन २३ गते । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।

देशकै मुख्य व्यापारिक नाका वीरगन्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमाटरको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबिच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० रुपियाँको अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा एक सय ३० रुपियाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपियाँमा बिक्री हुने गरेको व्यापारीहरूले बताए  । रासस