• ३० वैशाख २०८२, मङ्गलबार

मनोहर खोलामा फसेका किरणको सकुशल उद्धार

blog

फसेका किरण राईको उद्धार गर्दै सशस्त्र प्रहरी ।

काठमाडौं, साउन २३ गते। अविरल वर्षाको कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका-९ र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ जोड्ने मनोहराखोला पुलमा फसेका किरण राईलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। 

मङ्गलबार सशस्त्र प्रहरीको टोलीले खोटाङको बतासे गाउँपालिका-१ स्थायी ठेगाना हुनुभएका ५१ वर्षीय राईको उद्धार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो। 

 २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्धार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्धार गरेको हो।