शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शालिग्राम नेपाल
चितवन, साउन २३ गते । मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत कालिखोलामा आएको पहिरोका कारण बिहानदेखि अवरुद्ध भएको राजमार्ग केही समय अगाडिबाट एकतर्फी सञ्चालनमा आएको छ ।
डिभिजन सडक कार्यालय भरतपुरले अवरुद्ध राजमार्ग सञ्चालनको लागि डोजर परिचालन गरेर पहिरो पन्छाउने काम गरेको थियो । पहिरो पन्छाएर बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । अत्यधिक सवारी साधनको चापको कारण काम गर्न असहज भएको उहाँले बताउनुभयो ।
बिहान सवा ५ बजेबाट अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएपनि पूर्ण रूपमा सवारीसाधन चल्नको लागि केही समय लाग्ने क्षेत्रीले बताउनुभयो । अहिलेपनि पहिरो पन्छाउँदै सवारी साधन सञ्चालन गर्दै गरिएको छ ।