रङ र रुटको प्रयोगमा समस्या देखिएको ‘ब्लु बस’ को रुट परिवर्तनका लागि प्रक्रिया सुरु भएको छ । तर नयाँ रङ परिवर्तन गर्दाको भ्याट बिलसमेत राखेर यातायात कार्यालयमा निवेदन दिनुपर्ने भएका कारण रङ परिवर्तनका लागि सोमबार निवेदन पर्न सकेन । पत्रु बनाउनुपर्ने ना २ च ५६१९ एम्बुलेन्स गैरकानुनी रूपमा रङ परिवर्तन गरी ‘मोबाइल क्लिनिक’ सञ्चालन गरेको र अर्को एक भाडाको बसलाई पनि गैरकानुनी रूपमा रङ परिवर्तन गरी इजाजत नपाएको रुटमा सञ्चालन गरेको पाइएपछि किस्तामा गल्ती सच्याउने काम भइरहेको छ ।
एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आउनुभएको हो । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताउनुभयो । उमेरले उहाँहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका हुनुहुन्छ ।
स्याङ्जाको भिरकोट नगरपालिका –४ छङछाङ्दीमा माइक्रो बस र भारतीय नम्बरको बस एकापसमा ठोकिँदा १३ जना घाइते भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेडियो नेपालको प्रसारण क्षमता विस्तार र कार्यक्रमको विविधीकरणबारे उच्च व्यवस्थापनसित छलफल गर्नुभएको छ ।
नियमित अभ्यास गर्न नपाएकै कारण सप्तरीका खेलाडीहरु राष्ट्रियस्तरमा खेल्न नपाएर पछाडि परिरहेको वक्ताहरुले बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि इजिप्टका राजदूत नोहा ह्याम्डी अहेम्ड इल्जाबेलीबीच शिष्टाचार भेट भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैल्लजा रेग्मी भट्टराईका अनुसार सोमबार राष्ट्रपति भवनमा भेटका अवसरमा दुई देशबीचमा रहेको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनपछि जनताको अवस्था परिवर्तन गर्न सबल, देशभक्त र सच्चा शक्तिको नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ ।
आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभरिका योजना समेटेर योजना बैङ्क निर्माण गरिने उल्लेख गर्नुभएको छ ।
संसद् सञ्चालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबिच बसेको दोस्रो चरणको बैठकमा सहमतिको प्रयास जारी राखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
बेनी-जोमसोम कोरला सडक खण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक माथिबाट खसेको पहिरोका कारण रघुगंगा गाउँपालिका २ बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैङ्क ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैङ्क रेट नामक नयाँ फिचर थपिएको हो ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबिच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा पुनः प्रदीप मजगैयाँ निर्वाचित हुनुभएको छ ।