• ३१ वैशाख २०८१, सोमबार

क्रिकेट सङ्घ दाङको अध्यक्षमा मजगैयाँ निर्वाचित

blog

जिल्ला क्रिकेट सङ्घ दाङका निर्वाचित पदाधिकारीहरु । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, साउन २२ गते । जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा पुनः प्रदीप मजगैयाँ निर्वाचित हुनुभएको छ । 

घोराहीमा सोमबार भएको चौथो जिल्ला अधिवेशनले मजगैयाँको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता नारायण डाँगीले जानकारी दिनुभयो । 

सङ्घको उपाध्यक्षमा किशोरकुमार घर्तीमगर, सचिवमा सञ्जु केसी ‘पुरन’ र कोषाध्यक्षमा बालकृष्ण खत्री निर्वाचित हुनुभएको छ । सदस्यहरुमामा किशोरचन्द्र गौतम, कैलाश रोकामगर, अनु केसी, केशव झाँक्री मगर, प्रविन बुढामगर, रुपेश शर्मा, विकास आचार्य, सन्जोग गिरी र सन्दीप घर्ती निर्वाचित हुनुभएको छ । 

निर्वाचनका लागि दाङ आउनुभएका सङ्घका केन्द्रीय सचिव दुर्गाराज पाठकले दाङ क्रिकेट क्षेत्रको विकासका लागि सम्भावना बोकेको ठाउँ भएको बताउनुभयो । उहाँले पूर्वाधारसँगै खेलाडीको क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष दुर्गाबहादुर थापाले पूर्वाधारको विकाससँगै प्रतियोगिता सञ्चालन गरेर खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।