निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको आपतकालीन मार्गको छिचोलिएको ‘ब्रेक थ्रु’ भएको छ ।
गोदाममा रासायनिक युरिया (गेडे) मल भएपनि तनहुँ, लमजुङ र गोरखाका कृषकले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ ।
अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्ष यताकै उच्च हो।
प्रतिनिधि सभा बैठक मङ्गलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सूचना टाँसेर प्रतिनिधि सभा बैठक साउन २३ गते दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।
बाँकेका विभिन्न पालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि विद्यालयमै पुगेर औषधि वितरण सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले यौनजन्य हिंसा भए सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा जान आग्रह गर्नुभयो ।
घरेलु तेक्वान्दो वृत्तमा सबैले चिन्ने र लिइने नाम हो, अशोक खड्का । अशोक करिब दुई दशकदेखि तेक्वान्दो खेलाडी, प्रशिक्षक र निर्णायकको भूमिकामा निरन्तर लागि रहनुभएको छ ।
नवलपुरमा पछिल्लो केही दिन यता बालबालिकादेखि वृद्धवृद्धामा आँखा पाक्ने रोग फैलिएको छ । आँखामा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालमा बिरामीहरूको चाप बढेको छ ।
चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बस्ती पसेको बाघले केरा बारीमा गएको बेला आक्रमण गर्दा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।
उच्च अदालत तुलसीपुरका कामु मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले लेख्नुभएको ‘साइबर अपराध : अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ ।
पाल्पामा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।
संसद् बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।
यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।
प्रतिनिधि सभा बैठकको समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अपराह्न ४ बजेका लागि सरेको हो ।
नाग्म गमगढी सडकको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आए पनि अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन ।