• ३० वैशाख २०८२, मङ्गलबार

४ बजेका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

blog

काठमाडौं, साउन २२ गते । प्रतिनिधि सभा बैठकको समय परिवर्तन भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अपराह्न ४ बजेका लागि सरेको हो ।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले १ बजे बस्ने गरी तोकिएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम २ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुख देवराज घिमिरेले सभाको बैठक दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको जानकारी दिनुभयो ।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अडानका कारण प्रतिनिधिसभाको बैठक सहज रुपमा सुचारु हुन सकेको छैन ।