• ३० वैशाख २०८२, मङ्गलबार

संसद् सुचारु गराउने विषयमा शीर्ष नेताको बैठक पुनः सुरु

blog

सभामुख देवराज घिमिरेको कार्यकक्ष बानेश्वरमा संसद सञ्चालनको सम्बन्धमा शीर्ष नेताको बैठक जारी । तस्बिर : प्रदीप राज वन्त

काठमाडौं, साउन २२ गते । संसद् बैठक सुचारु गराउने मुख्य एजेण्डासहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । सोमबार अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूको सहभागी हुनुहुन्छ ।

यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस

आजै पुनः बस्ने गरी सकियो शीर्ष नेताको बैठक