• ३० वैशाख २०८२, मङ्गलबार

पत्रकार ज्ञवालीको निधन

blog

पत्रकार कृष्ण ज्ञवाली ।

तिलाचन पाण्डे

तम्घास, साउन २० गते ।  नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

केही दिन यता बिरामी परेका ज्ञवाली उपचारका लागि बुटवल गएको र बुटवलमा उपचार गराएर थप उपचारको लागि काठमाडौँ जाने तयारी गरिरहँदा उपचारको क्रममा उहाँको निधन भएको स्थानीय प्रेम भण्डारीले जानकारी दिनुभयो । 

जिल्लाको ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दैआएका ज्ञवाली विभिन्न सञ्चार माध्यममा काम गर्दै आउनुभएको थियो । गुल्मीबाट पत्रकारिता सुरु गर्नुभएका ज्ञवालीले धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गर्दैआउनुभएको थियो ।

ज्ञवाली पुनः गुल्मी जिल्लामा आएर केही वर्ष यता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएको  थियो । उहाँ प्रेस चौतारी लुम्बिनी प्रदेशको सदस्य समेत हुनुहुन्थ्यो ।