• १९ वैशाख २०८१, बुधबार

आफ्नै मृत्युको नाच (कविता)

blog

विज्ञानको युग

ध्वस्त प्रकृति पर्यावरण

प्रकृति बाँचे

तिमी बाँच्ने छौ

प्रकृति मरे

तिमी के बाँच्छौ र !

ए ! वैज्ञानिक युगे मानव

प्रकृति मरिरहेछ

तिम्रो विज्ञानले

तिमीलाई के बचाउँछ र ?

खन् ! अझै खन्

आफैँ पुरिने

गहिरो खाडल खन्

र ! बजाऊ

आफ्नै चिहानमा

बेसुरी मुरली राग

अति हेर–

क्षणिक आत्मसन्तुष्टि

आफ्नै मृत्युको नाच । 

इलाम