गोरखापत्र अनलाइन
वर्दिया, साउन १८ गते । नेपालको सर्वाधिक रक्तदाताको पहिचान बनाउनुभएका प्रेमसागर कर्माचार्यले १७५ औँ पटक रक्तदान गर्नुभएको छ । बर्दियाको भुरीगाउँमा आयोजित नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको आयोजनामा भएको कार्यक्रममा उहाँले बुधबार रक्तदान गर्नुभएको हो ।
हालै रक्तदाता सम्राट्बाट विभूषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहनुभएका उहाँले रक्तदान गर्ने अरूका लागि प्रेरणाको स्रोत बन्दैआउनुभएको छ । ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सर्वाधिक रक्तदान गर्नुहुने कर्माचार्यलाई सो अवसरमा सम्मानपत्रले सम्मानित गर्नुभयो । उपप्रमुख बिनाकुमारी भट्टराईले स्वागत गर्नुभएको सो रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी २०७ जनाले रक्तदान गर्नुभएको आयोजक संस्थाले जनाएको छ ।