युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलन्स्कीले आफ्ना सहरमाथि आक्रमण रोकिएको देखिने आशा व्यक्त गर्नुभएको छ । उहाँले यो आशा संयुक्त अरब इमिरेट्समा अमेरिकी र रुसी प्रतिनिधिबिच भएको वार्ता र समझदारी अनुसार लागु हुने विश्वासमा आधारित रहेको बताउनुभयो ।
अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्त्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ ।
नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो हुनुभएको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङ डब्लुकेएफ वरीयताको १३औँ स्थानमा उक्लिनुभएको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।
नेपालमा क्षयरोगका बिरामीहरूको सङ्ख्या बढ्दो मात्रामा रहेको छ । रूपन्देही र नवलपरासीका पालिकाहरूमा क्षयरोगीहरूको खोजी गर्दा क्षयरोगका बिरामीहरुको सङ्ख्या बढ्दो मात्रामा रहेको देखिएको हो ।
सिक्किमदेखि आफन्त भेटघाटका क्रममा पाँचथरको फिदिम आइपुग्नु भएका एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ ।
सहिदहरुको सम्झनामा धनकुटामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी धनकुटामा पनि सहिद दिवस मनाइएको छ ।
बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बिउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।
सहिद दिवसको अवसर पारेर तनहुँको व्यास नगरपालिकामा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘पर्यटन, धार्मिक एवम् ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
दुई हजार ९४५ मिटर उचाईमा रहेको सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएको छ । मङ्गलबार रातिदेखि बुधबार दिउँसोसम्म परेको हिउले विमानस्थलमा करिब एक फिटसम्म जम्दा हवाई सेवा अवरुद्ध भएको थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरू गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्रायः दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो ।