मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको गाउँबस्ती तथा आसपासका क्षेत्रमा हिमपात भएको छ । तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङ छोसेरको कोरला नाका, छोन्हुप, ल्होमन्थाङ
बागलुङ नगरपालिकाले नगर भित्रका पाँच वटा साना सडक कालोपत्र र ढालन गर्न थालेको छ । उक्त सडक कात्तिक भित्रै सम्पन्न गर्नेगरी कालोपत्र र ढलानको काम एक साथ सुरु गरिएको छ ।
निजी अस्पतालमा कार्यरत नर्सलाई न्यून सुविधा दिई श्रम शोषण गरिएको भन्दै त्यसको विरोधमा थालिएको आन्दोलनमा सुर्खेतस्थित प्रदेश अस्पतालका नर्सले ऐक्यबद्धता जनाएका छन् । नर्सको न्यूनतम सुविधाको व्यवस्था हुनुपर्ने भन्दै नेपाल नर्सिङ सङ्घको आह्वानमा उनीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।
सोलुको लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल
कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । अत्यधिक मदिरा सेवन, असुरक्षित बास, समयमै उपचार अभाव तथा पोषिलो खानेकुरा नपाउँदा सात वर्षमा १२ जनाको मृत्यु भएको दैलेखस्थित राउटेको नजिक रहेर काम गर्दै आएको सोसेकको राउटे परियोजनाले जनाएको छ । राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले विसं २०७५ मा परियोजना सुरु हुँदा १४७ जना रहेको राउटेको
कालीकोटस्थित पचाल झरनालाई नेपालकै सबैभन्दा अग्लो झरना भएको दाबी गरिएको छ । एसियामै आकर्षकमध्ये एक मानिएको यो झरना अवलोकनमा पर्यटक आइपुग्न भने समस्या देखिएको छ । प्रचारप्रसारको कमी तथा सडकको दुरव
बाजुराका अधिकांश गाउँबस्तीका किसान पछिल्लो समय मकै उत्पादनमा जोड दिँदै आएका छन् । पहिले अधिकांश ठाउँमा मकै उत्पादन हुने गथ्र्यो तर खानलाई मात्र पुग्थ्यो । किसानले व्यवसाय परियोजनाका लागि पनि मकै उत्पादन गर्न थालेका छन् । अहिले मकै किन्नका लागि व्यापारीहरू किसानको घरमै पुग्न थालेपछि किसानले मकै खेतीमा जोड दिन थालेका छन् । अहिले बजारमा मकैको माग बढ्दै गएपछि किसानले पनि मकै उत्पादनलाई प्राथमिकता दिँदै आएको बुढीगङ्गा नगरपालिका वरिष्ठ कृषक भोलाराम जैशीले बताउनुभयो ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको जग्गा खोजेर खेलकुदलाई व्यवस्थित गर्ने कार्यको शुभारम्भ गरिसकेको बताउनुभएको छ ।
महाकाली लोकमार्ग अन्तर्गत दार्चुलाको गोकुलेश्वर–खलङ्गा सडकखण्डको धौलीगाड खोलामा ११ वर्षअघि सम्झौता भएको पुल निर्माण कार्य अलपत्र परेको छ । दार्चुला सदरमुकाम खलङ्गा जोड्ने यो पुल निर्माणका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले २०७१ असार ३० गते आशिष कन्स्ट्रक्सन धनगढीसँग दुई करोड ३२ लाख ५६ हजार रुपियाँ लागतमा पुलको ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पुल निर्माण सुरु गरी एकापट्टि पिलर गाडेपछि मुआब्जाको विवाद सुरु भएको थियो । २०८० मा विवाद समाधान भए पनि पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।
सिन्धुली जिल्लामा सञ्चालित भाडाका सार्वजनिक यातायातका साधनमा विद्यार्थी, अपाङ्गता भएका र ज्येष्ठ नागरिकले आरक्षणको सुविधा पाउन सकिरहेका छैनन् । सार्वजनिक यातायातका साधनमा भाडामा छुटको सुविधासहित आरक्षणको व्यवस्था राज्यले गरेको धेरै वर्ष भए पनि सिन्धुली जिल्लामा त्यो कार्यान्वयन नभएको विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको गुनासो रहेको छ ।
कुनै समय चितवनको सौराहा आएर घुम्ने रमाउने पर्यटक विदेशी मात्र हुने गरेका थिए । सौराहाका होटेलमा बस्ने र निकुञ्ज सफारी गर्ने पर्यटक विदेशी मात्र हुने गरेका थिए तर अहिले अवस्था फेरिएको छ । विदेशी पर्यटकले धानेको सौराहा र निकुञ्ज आसपासका होटेलमा अहिले अधिकांश आन्तरिक पर्यटकले भरिएका छन् ।
हिमपातका कारण उत्तरी गोरखा र चीनको सिमानामा रहेको पातबारी हिमाल आरोहणका क्रममा फसेका तीन नेपालीसहित ६ जना पर्वतारोहीको उद्धारमा कठिनाइ उत्पन्न भएको छ ।
बागमती प्रदेश सभा सदस्यका स्वकीय सचिवको तलब सुविधा रोकिएको छ । भदौसम्मको सुविधा दसैँअघि नै पाएका प्रदेश सभा सदस्यका स्वकीय सचिवले पाउने गत असोज महिनाको तलब र महँगी भत्ता रोकिएको हो ।
स्याङ्जामा यो वर्ष सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ । अनुकूल मौसम तथा रोगकिराको सङ्क्रमण कम भएका कारण गएको वर्षको तुलनामा यो वर्ष सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा