राजनीतिक संरचनामा महिला १. कुनै पनि मुलुकको राजनीतिक संरचनामा महिलाको प्रतिनिधित्व किन आवश्यक पर्छ ? नेपालका राजनीतिक संरचनामा महिला प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका बाध्यकारी व्यवस्थाको विश्लेषण गर्नुहोस् ।
सप्तरीसहित मधेशका जिल्लाहरूमा सामा चकेवाको गीत गुन्जिन थालेको छ । दाजुभाइ दिदीबहिनीको प्रेमको कथासँग जोडिएको सामा चकेवाको गीत सप्तरीसहित मधेशको घर घरमा दिनहुँ बेलुकी भएपछि गुन्जिन थालेको हो ।
सोमबार रातिदेखि परेको हिउँदे वर्षाले माथिल्लो कर्णालीको उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो कर्णालीमा भित्र्याउन लागेको धानबालीमा व्यापक क्षति पु¥याएको छ । माथिल्लो कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पाको उच्च क्षेत्रतिर हिमपात भएको छ । सुर्खेत, जाजरकोट, कालीकोटलगायतका जिल्लामा खेतमा पाकेर भिœयाउन लागेको धान भिजेको छ । तिहारलगत्तै काटिएको धान खेतमै रहेका बेला परेको पानीले भिज्दा कृषक चिन्तित छन् ।
बागलुङको काठेखोला गाउँपालिका–४ स्थित तंग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो बनेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलक्षित सञ्चालन गरिएको सहुलियत मूल्य पसल कात्तिक ३० गतेसम्म लागि निरन्तरता दिने जानकारी गराएको छ
अन्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । सङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतिक्रेट ५० रुपियाँ भाउ बढेको छ ।
वैदेशिक रोजगार विभागको वेबसाइट र सर्भर (फेमिस सिस्टम) मा समस्या आएपछि सेवा प्रभावित भएको छ । विभागका अनुसार दसैँ बिदापछि एक्कासि अत्यधिक आवेदन आएसँगै सर्भरमा समस्या देखिएको हो । हाल दसैँ र तिहार बिदामा आएर फर्किन पुनः श्रम स्वीकृति लिनेको चाप बढेको छ ।
कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला ताप्लेजुङलाई धनकुटा हुँदै तराईको सुनसरीसँग जोड्ने तमोर कोरिडोर सडकले जोडिए पनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । यसबिचमा पर्ने आठ वटा खोलामा पुल नहुँदा कोरिडोरमा सवारी आवागमनमा असहजता पार गर्नु पर्छ ।
पछिल्लो समय बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ । स्थानीय बजारमा तीन दिनको अवधिमा सुनको मूल्य तोलामा १६ हजार पाँच सय रुपियाँले घटेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य घटेर मङ्गलबार दुई लाख ३७ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न थालेको हो ।
सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा बुधबार विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ ।
धानबाली भित्र्याउने मुख्य समयमा पानी परेपछि बागलुङका किसान चिन्तित भएका छन् । तिहार सकिएलगत्तै धान भित्र्याउने योजना बनाएका किसानलाई समस्या भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा बुधबारदेखि सुनुवाइ हुँदैछ ।
स्याङ्जा जिल्लामा दुई हजारभन्दा बढि मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अध्यावधिक गर्ने काम चलिरहेको हो ।
कारागार कार्यालय गुल्मीमा २५ जना कैदीबन्दी राख्न मिल्ने क्षमता भएता पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् । विसं. २०२४ सालमा स्थापना भएको तम्घासस्थित यस कारागारको क्षमता २० जना पुरुष र पाँच जना महिला २५ जना कैदीबन्दी राख्न मिल्ने रहेको गुल्मी कारागारका प्रमुख जेलर रेश्मीराज पन्थीले जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।