प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गर्नुभएको छ । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।
अस्पतालहरूमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । वीर अस्पताल, भक्तपुर अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताललगायतका अस्पतालमा रुघाखोकी, ज्वरो, दम, टाउको दुख्ने समस्या लिएर पुग्नेको सङ्ख्या बढ्दो छ ।
एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ।
कास्कीका प्रहरी इकाइहरुमा आगजनी, तोडफोड तथा हातहतियार लुटपाटमा संलग्न भएको आरोपमा कास्की प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी दिएको हो।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै कारण विकासका काम अघि बढ्न नसकेको बताउनुभएको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउन गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई उच्च सतर्कता र सुदृढ तयारीका साथ खटिन निर्देशन दिनुभएको छ।
निर्वाचन आयोगले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई निवेदनका लागि आह्वान गरेको छ।
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
ताप्लेजुङको उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ । सोमबार रातिदेखि मौसममा आएको बदलीसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो ।
बेइजिङका उच्च कूटनीतिज्ञले टोकियोको नयाँ नेतृत्वबाट आफूले ‘सकारात्मक सङ्केत’ पाएकोे बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम प्रतिकूलताको समयमा अत्यन्त जरुरी कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का संयोजक, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधिनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा मङ्गलबार बिहानदेखि पानी परेका कारण धान भित्र्याउन समस्या । पानी परेको कारण पाकेको धान काट्न नपाउँदा किसानहरु मर्कामा परेका छन् ।
यहाँको लहान नगरपालिका-५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ ।