सहिदहरुको सम्झनामा धनकुटामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी धनकुटामा पनि सहिद दिवस मनाइएको छ ।
बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बिउ १९९७ सालका सहिदहरूले रोपेको बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचारपछि घर फर्किएका छन् ।
सहिद दिवसको अवसर पारेर तनहुँको व्यास नगरपालिकामा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘पर्यटन, धार्मिक एवम् ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजित यस प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।
दुई हजार ९४५ मिटर उचाईमा रहेको सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य सम्पन्न भएको छ । मङ्गलबार रातिदेखि बुधबार दिउँसोसम्म परेको हिउले विमानस्थलमा करिब एक फिटसम्म जम्दा हवाई सेवा अवरुद्ध भएको थियो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तासँगै उम्मेदवारहरू गाउँगाउँ पुग्न थालेका छन् । मत माग्दै नेताहरू गाउँगाउँमा पुग्न थालेपछि चहलपहल सुरु भएको हो । प्रायः दशैंतिहारमा मात्रै चहलपहल हुन्थ्यो । तर यो पटक भने पुसको चिसो मौसममा नै गाउँ तातेको हो ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।
सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोवास गर्ने राना थारू समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारले आचारसंहिता विपरीत गतिविधि गर्दै आएका छन् । मतदाता रिझाउन उम्मेदवार नयाँ नयाँ तरिकासहित आचारसंहिताविपरीत बैठक, घरदैलोदेखि खेतबारी र खेलकुद प्रतियोगिता भइरहेका स्थानसम्म पुगेर मतदाता रिझाउने प्रयासमा जुटेका हुन् । निर्वाचन आचारसंहिताले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार गर्न समयसीमा निर्धारण गरेको छ । उम्मे
गणतान्त्रिक सहिद दुर्गानन्द झाको योगदानलाई स्मरण गर्दै उहाँको ६२ औँ बलिदानी दिवसका अवसरमा विभिन्न दलका नेता तथा कार्यकर्ताले माल्यार्पण गरेका छन् । बिहीबार सहिद झाको सहादत दिवसका अवसरमा धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत विभिन्न स्थानमा स्थापित सालिक तथा सहिदद्वारमा माल्यार्पण गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा नै उहाँप्रतिको वास्तविक सम्मान हुने बताउनुभयो । उहाँले सहिदको बलिदानले साकार पारेको गणतन्त्रलाई कमजोर बनाउने कुनै पनि प्रयास अस्वीकार्य हुने स्पष्ट पार्नुभयो ।
झापाको क्षेत्र नं. ३ यस पटकको प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको निर्वाचन क्षेत्रमध्ये एक बनेको छ । अघिल्ला दुई निर्वाचनमा निर्णायक बनेको दलगत तालमेल यो पटक भत्किएको छ ।
अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लागु गरेको आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु भएको छ ।
देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ ।