अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् । अन्यत्रका किसानले सरदर प्रतिकिलो रु ७० देखि ८० का दरले सुन्तला बिक्री गरेर सकिसकेपछि बाँसखर्कका किसानले माघ लागेपछि टिप्न थालेका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लागु गरेको आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनका लागि पहल सुरु भएको छ ।
देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको उक्त आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ रहेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ ।
मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उहाँको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उहाँ सामुदायिक वनतर्फ लाग्नुहुन्छ ।
भारतको पश्चिम बङ्गाल क्षेत्रमा निपा भाइरस सङ्क्रमण देखिएपछि कोशी प्रदेशमा त्यसको सतर्कता बढाइएको छ । निपा भाइरस सङ्क्रमण दर उच्च रहेकाले सम्भावित जोखिमबाट सुरक्षित रहन पूर्वका झापा, मोरङ, सुनसरी र इलामका नाकामा हेल्प डेस्कको सव्रिmयतादेखि अस्पतालमा आइसोलेसनसम्मको तयारी थालिएको हो ।
भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् ।
गत वर्ष बागलुङमा ४ हजार ८ सय ४५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएकोमा यो वर्ष ६ सय विद्यार्थी घटेका छन् । बसाइ सराईदेखि जन्मदरमा आएको गिरावटले यो अंक हरेक वर्ष घट्दो छ ।
गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत पूर्वी नेपालमा सादा पोशाकका घुमुवा प्रहरी परिचालन अझै रोकिएको छैन ।
दार्चुलाको नौगाड गाउँपालिकामा पर्ने अति दुर्गम गाउँ नागुका स्थानीयले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचन मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।
बझाङको बुङ्गल नगरपालिका–६, बड्डीज्यावनका करिब ४० घरपरिवारले आगामीे प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । पुस्तौँदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा भोट माग्न आउने उम्मेदवारसँग लालपुर्जाको माग गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्लामा ‘जेनजी’ आन्दोलनको प्रभाव बढ्दै गएको देखिएको छ । सो आन्दोलनको प्रभावका कारण सिरहाका चारवटै निर्वाचन क्षेत्रमा जेनजी आन्दोलनका अगुवा उम्मेदवारहरूप्रति मतदाताको झुकाव देखिन थालेको छ ।
गुप्ताङ्गमा लुकाएर लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
लामो समयपछि हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ । चुमनुब्री गाउँपालिका अन्तर्गत साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा हिमपात हुँदा यहाँका किसान खुसी भएका कुरा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । चुमनुब्री गाउँपालिका–७ का पासाङफुन्जो लामाले उत्तरी गोरखामा हिमपात हुँदा स्थानीय खुसी भएको बताउनुभयो । हिमपात भएपछि खेती वृद्धि हुनुका साथै धुलो, धुवाँ, आगजनी नहुने भएकाले स्थानीय कृषक खुसी भएको उहाँको भनाइ छ । आगलागीको जोखिम घटेको छ । स्थानीय पासाङफुन्जो लामाले भन्नुभयो, “हिमपात भएपछि गाउँ नै शान्त भएको छ । मङ्सिरमा छरेको गहुँले पानी पाउनुका साथै उत्तरी गोरखाको वनजङ्गल हराभरा हुने भएको छ ।”