तिहार र दीपावलीमा यस वर्ष नेपालगन्जमा माटोको दियो र अन्य भाँडाको बिक्री विगतका वर्षमा भन्दा बढि भएको माटोको भाडा बनाउने कुम्हालहरुले जनाएका छन् ।
बाजुराको उच्चहिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिकाको बिच्छ्यारुगिनका बाढीपहिरोपीडितलाई चिन्ता लाग्न थालेको छ । गत साउन २८ गते राति साढे छ बजे बिच्छ्याखोलामा आएको बाढीले यहाँका वडा नम्बर १ बिच्छ्या र वडा नम्बर ५ रुगिनका ४१ घरपरिवार विस्थापित भएपछि अहिले उनीहरू त्रिपालको भरमा रहेका छन् । गर्मी समयमा पनि चिसो हुने यो ठाउँमा हिउँदमा कसरी त्रिपालको बास बेहोर्ने भन्ने चिन्तामा परेका छन् ।
अपि हिमाल गाउँपालिकाको केन्द्र खण्डेश्वरी जोड्ने गरेर निर्माणाधीन मकरीगाड–खण्डेश्वरी सडक निर्माणमा ढिलाइ भएको छ । प्रत्येक वर्ष बजेट अभाव र निर्माण व्यवसायीको सुस्तताका कारण सडक निर्माणमा ढिलाइ भएको हो ।
पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमित परिवारले उपचारमा सास्ती बेहोर्दै आएका छन् । जिल्लाका सरकारी स्वास्थ्य संस्थाको सेवा गुणस्तरीय र विश्वासिलो बन्न नसक्दा बिमाबाट सेवा लिने सेवाग्राहीले रेफर लिँदै निजी स्वास्थ्य संस्थामा सेवा लिन जान बाध्य भएका छन् ।
बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली बेपत्ता हुनुभएको छ । गाई बाख्राका लागि घाँस काट्न सोमबार दिउँसो भगरैया सामुदायीक वनमा जानुभएको नेपाली साँझसम्म घर नफर्केपछि खोजी सुरु भएको छ ।
सुनसरीको इनरुवासहितको विभिन्न स्थानमा हर्षोल्लासका साथ उदाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ ।
जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बाल सुधारगृहबाट कैदीबन्दी फरार हुने घटनाले व्यापक असर पारेको छ । विशेष गरी तुलसीपुर कारागार र बाँकेको नौबस्ता बाल सुधारगृहबाट ठुलो सङ्ख्यामा कैदीबन्दी अझै फरार छन् ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक छेउमा रहेको भुरुङ तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको भिड लागेको छ । बेनी हुँदै अन्नपूर्ण आधार शिविर, घोडेपानी र मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै अन्नपूर्ण गाउँपालिकास्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको भिड लागेको हो । पर्यटकका कारण तातोपानी कुण्ड आजकल दिनभर जसो भिडभाड हुने गरेको छ ।
यतिबेला मेची कोरिडोरका इलाम, पाँचथर र ताप्लेजुङ भरपर्दो सडक सञ्जाल नभएर समस्यामा छन् । गत असोज १८ गते रातिको वर्षासँगै आएको बाढी र पहिरोले मेची राजमार्ग अवरुद्ध हुँदा यी तीन जिल्लाले ११ दिनसम्म सडक सञ्जालबाट वञ्चित हुनु परेको थियो ।
उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् ।
स्थानीय बागेश्वरी मन्दिरको प्रसिद्ध तलाउ किनारमा मङ्गलबार बिहानै पुजन सामग्रीसहित सयौंको सङ्ख्यामा भेला भएका महिला र पुरुषहरुले उदाइरहेको सूर्यलाई अर्घ दिएर चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठ सम्पन्न गरेका छन् ।
धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले पाँच अर्ब रुपियाँ बराबरको सहयोग गर्ने भएको छ । आइतबार धनकुटाको सहिदभूमि गाउँपालिका र खेतान फाउन्डेसनबिच पालिकालाई पाँच अर्ब रुपियाँ बराबरको सहयोग हस्तान्तरण गर्ने सम्झौता भएको हो । गाउँपालिकाका तर्फबाट अध्यक्ष मनोज राई र खेतान फाउन्डेसनका तर्फबाट अध्यक्ष निर्मलमान सिंहले सहयोगका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
बेनीदेखि ताकमतर्फ जाँदै गरेको ग३च १३१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
नारायणी नदीमा आएको बाढीले भत्काएको तटबन्धको ड्याम मर्मत गरिएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २६ को सिसईमा निर्माण गरिएको ड्याम गत भदौमा आएको बाढीले भत्काएको थियो ।
दसैँतिहारको बीचमा जिल्लाका विभिन्न स्थानमा लुकिछिपी जुवा खेल्दै आएका ८८ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट ११ लाख ८६ हजार रुपियाँ बरामद गरेको छ ।