सल्यानमा एक युवा दिनभर अफ्ठयारो भिरमा फसेका छन् । बालुवासंग्रही–खलंगा सडकखण्ड अन्तर्गत पर्ने कठिन भिर क्षेत्र कोटभिरमा गएर अड्किनुभएका बनगाड कुपिण्डे नगरपालिका वडा ७ औलागाउँ निवासी २८ वर्षीय रमेश पुनलाई सोमबार बेलुकी मात्र उद्धार गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ स्थित पर्यटकीयस्थल भुरुङ तातोपानीबाट देखिएको निलगिरी हिमाल र कालिगण्डकी कोरिडोर मार्ग हुँदै पर्यटक बोकेर मुस्ताङतर्फ सवारी साधन हुँइकिरहेका छन् ।
प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गर्नुभएको हो। उहाँहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा ४ र ७ को बिचमा रहेको छेडेदह ताल पर्यटकको आकर्षण केन्द्र बनेको छ ।यसको चारैतिर अग्ला भु–भाग र बिचमा समथल रहेको यो ताल हेर्दा जोकोहीको मन लोभिने गरेसँगै पछिल्लो समय यो पर्यटकका लागि आकर्षण केन्द्रबिन्दु बनेको हो ।
एक वर्षअघि सजाए पाए पनि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपक्षी कसुर गरेका र बैँकिङ कसुर गरेका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
पछिल्लो वर्षहरूमा सर्लाहीमा छठपर्व साझा पर्व बन्दै गएको छ । दक्षिणवर्ती क्षेत्रमा मात्र मनाइने छठपर्व पछिल्ला वर्षहरूमा जिल्लाभर नै धुमधामसँग मनाउन थालिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा राजेशसिंह सामन्त र उपसभापतिमा सुरेन्द्रबहादुर खडायत चयन हुनुभएको छ । सोमबार जिल्ला सदरमुकाम खलंगामा आयोजना भएको रास्वपाको दोस्रो जिल्ला भेलाबाट सामन्तलाई सभापति र खडायतलाई उपसभापतिमा चयन गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताउनुभएको छ ।
एसियाली विकास बैँक (एडीबी)ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दश करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार मलेसियाको सफल भ्रमण सम्पन्न गरी आफ्नो एसियाली भ्रमणको दोस्रो चरणका रूपमा जापान आइपुग्नुभएको छ ।
असोज ३१ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतिक्षित नेपाली फिल्म ‘जेरी अन टप’ देशभर उत्साहका साथ प्रदर्शन भइरहेको छ ।
जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । पछिल्लो समयमा बिमाको महत्त्वबारे जानकारी प्राप्त भएपछि यहाँका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् ।
होत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवर र लहानको खुट्टीखेलामामा देखिएको पूजा सामग्रीको सजावट र चहलपहल ।
अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।