भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आगामी निर्वाचनलाई स्वस्छ, भयरहित र निष्पक्ष बनाउन मिडियाकर्मीलाई भूमिका खेल्न आग्रह गर्नुभएको छ ।
गुल्मीको इस्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमालले आफ्नै छोरालाई पछारेर मारेका छन्।
अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले आफू मन्त्री हुँदासम्म मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिने बताउनुभएको छ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ भन्सार र कोरला नाका जाने सडकमा परेको सेताम्मे हिउँ र आसपासका क्षेत्र ।
भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।
पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माणकार्य सम्पन्न भएको हो ।
कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् ।
बैतडीमा पत्रकारका लागि एआई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता जनाएका छन्।
अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा नागरिकताको लागि कपलेश्वरी यादवको पछिल्लो आठ वर्ष वडा कार्यालय र जिल्ला प्रशासनको कार्यालय धाउँदै बित्यो ।
सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षहरूले प्रतिबद्धता जनाएका छन्।