• १० चैत २०८२, मङ्गलबार

पोखरामा शनिबारदेखि साफ यु-१९ महिला फुटबल हुने

blog

पोखरामा शनिबारदेखि हुने साफ यु-१९ महिला फुटबल प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिर :माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छे (कास्की), माघ १५ गते । पोखरामा पहिलो पटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबल प्रतियोगिता हुने भएको छ । 

पोखरा रङ्गशालाको फुटबल मैदानमा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

 प्रतियोगिता माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल  फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश साहका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । 

साफका महासचिव पुरुषोत्तम कट्टेलले साफमा सहभागी हुने टिम बिहीबार पोखरा आइपुगेको जानकारी दिनुभयो । कट्टेलका अुनसार प्रतियोगिताको लागि नेपाली यु-१९ टोली बन्द प्रशिक्षणमा रहेको छ भने मुख्य प्रशिक्षकमा यमप्रसाद गुरुङ रहनु भएको छ ।

महिला साफमा सहभागी हुने टिमलाई पोखाको लामचौरस्थित घोस्ते खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ ।प्रतियोगिता सम्पन्न गर्न दुई करोड ४५ लाख लाग्ने अनुमान गरिएको  छ ।