मधेश प्रदेशभर लोकआस्थाको महान् पर्व छठ नजिकिँदै गर्दा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाको पूर्वी तटमा निर्माण गरिएको विशालकाय छठ घाट चर्चामा छ । यो घाट हाल प्रदेशकै सबैभन्दा लामो र भव्य मानिएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट रु दुई लाख गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् ।
निर्माण व्यवसायीको ढिलासुस्तीसँगै बजेट अभावका कारण पुल निर्माणको काम सम्पन्न हुने अवधिसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ । नेत्रलाल मार्ग अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–५, खैरागनार र वडा नं. ६ को लखुवार जोड्ने बबई नदीमा पुल निर्माणमा ढिलाइ भएको हो । ठेक्का सम्झौता अनुसार पुल निर्माणको म्याद सकिन १० दिन मात्र बाँकी रहँदा पुलको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ प्रतिशत मात्र भएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ ।
बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा बर्सौंदेखि ज्यान जोखिममा राखेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् । राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी वारपार गर्नुपर्ने हुन्छ । सीमापारि भारतीय बजार र सदरमुकाम नेपालगन्ज पुग्न छिटो हुने भएकाले पनि तीन पालिकाका स्थानीयले डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ
अपाङ्गता भएका व्यक्तिहरू अन्नपूर्ण आधार शिविरमा सफलतापूर्वक पुगेका छन् । समावेशी पर्यटन प्रवर्धन र अपाङ्गतामैत्री पदमार्ग निर्माणको सन्देशसहित उनीहरूले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङबाट मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरसम्मको यात्रा पूरा गरेका हुन् । ‘अन्नपूर्ण आधार शिविर जान हामी पनि सक्छौँ’ भन्ने सन्देशसहित उनीहरूले समावेशी पर्यटनको उदाहरण प्रस्तुत गरेका हुन् । पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा अपाङ्गता भएका पर्यटक पनि पुगेपछि अन्नपूर्णको थप चर्चा हुन थालेको छ ।
पुतलीबजार नगरपालिका –३ बाढखोलामा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालको सांस्कृतिक पहिचानसँगै आर्थिक गतिशीलता पनि चाडपर्वसँग गहिरो रूपमा जोडिएको छ । साउने सङ्क्रान्तिपछि सुरु हुने पर्वहरूको श्रृङ्खलाले विस्तारै बजारमा रौनकता ल्याउँछ ।
तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।
यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।
पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरुका लागि पोखरामै चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको हो ।
टाढाबाट झट्ट देख्दा चिनकै ग्रेट वालको झल्को दिने गरेर धुर्कोटको बुढीकोटमा एक किलोमिटर लामो पर्यटकीय पैदल मार्ग निर्माण गरिएको छ ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य काइनाइट खानीको संरक्षण नहुँदा दैनिक चोरीनिकासी हँुदै आएको छ । साबिकको भर्ता गाविसको लेख क्षेत्रमा रहेको काइनाइट संरक्षण नहुँदा चोरी तस्करी बढेको छ । तत्कालीन जिल्ला विकास समितिदेखि २०७४ र २०७९ को चुनावमा राजनीतिक दलले काइनाइट संरक्षण गर्ने भन्दै चुनावी मुद्दासमेत बनाउँदै आएका थिए तर काइनाइटको अवस्था फेरिएन बरु सरकारको योजना बुझेका तस्करले रातारात काइनाइट निकासी गर्दै आएका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट भएको कर्णाली प्रदेश सभा बैठक स्थल बारे अन्योल कायमै रहेको छ । आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने वैधानिक व्यवस्था छ तर प्रदेश सभा बैठक स्थलको व्यवस्था नभएका कारण बैठक अनिश्चित भएको छ ।
। रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर९हाइव्रिड० र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।
जेनजी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि पोखरा महानगरपालिकाले पोखरा–९, नयाँबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनबाट सेवा दिने भएको छ ।