धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस प्रणालीमा जुट्न थालेका हुन् ।
कैलाली क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिनिधि सभा र एक पटक संविधान सभा निर्वाचनमा उम्मेदवार भइसक्नु भएका पूर्वमन्त्री गौरीशङ्कर चौधरी यस पटक अधिकांश नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य चौधरीले नेपाली कांग्रेसका भीमबहादुर बडुवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशीसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । यद्यपि मुख्य प्रतिस्पर्धामा रहेको
हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट एक जना मात्रै महिला उम्मेदवार चुनावी मैदानमा उत्रिनुभएको छ । १६ वटा दलले पुरुषलाई उम्मेदवार बनाउँदा एक दलले मात्रै महिलालाई उम्मेदवार बनाएको हो । क्षेत्र नम्बर ३ मा आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट लक्ष्मीकुमारी विष्ट भट्ट उम्मेदवार बन्नुभएको छ । भट्ट पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको हो ।
भरतपुर महानगरपालिका–१४, राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नारायणगढ –बुटवल सडक कालोपत्रे भएपछि तीव्र गतिका कारण दुर्घटना हुनेक्रम बढेको छ । पुस महिनाको अन्तिम साता लगातारजसो सवारी दुर्घटना भए । दुर्घटना हुनेमा मोटरसाइकल नै थियो । ती दुर्घटनाको कारण भनेको तीव्र गति नै थियो ।
प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनले युवाका लागि अवसरको ढोका खोल्नेमा युवापुस्ता आशावादी देखिएका छन् । धनगढीमा भएको प्रदेशस्तरीय युवा मञ्चमा सहभागी भएका उनीहरू फागुन २१ को निर्वाचनले युवालाई नेतृत्व र अवसर दिनेमा आशावादी देखिएका हुन् । जेनजी आन्दोलनपछि भएको राजनीतिक परिवर्तनले युवामा एउटा सकारात्मक तरङ्ग पैदा गरेको उनीहरूको ठम्याइ छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा सुर्खेतका रवि हमाल ठकुरी पनि आन्दोलन सफल बनाउन सडकमा उत्रिनुभयो । आन्दोलनले उठाएका एजेन्डा पूरा गराउन उहाँले त्यसपछि पनि निरन्तर खबरदारी गरिरहनुभयो । कहिले लेखेर, कहिले बोलेर त कहिले सडकमै उत्रिएर उहाँले राजनीतिक दलदेखि सुशीला कार्की नेतृत्वको सरकारलाई समेत जेनजी विद्रोह नभुल्न र त्यसले उठाएका मुद्दाको उचित सम्बोधन गर्न सचेत गराइरहनुभएको छ ।
तनहुँका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक पुराना नेताहरू चुनावी मैदानमा नउत्रिँदा विभिन्न दलका नयाँ अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
क्यान्सर असाध्य रोगमा पर्छ । कुनै बेला क्यान्सरलाई ‘नो एन्सर’ पनि भन्ने गरिन्थ्यो तर बिस्तारै उपचार सम्भव हुँदै छ । क्यान्सर फैलिँदो छ । नेपालमा मात्र होइन, विश्वभर नै । मानिसको जीवनशैली पनि क्यान्सर बढ्ने कारण बनेको छ ।