अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्णरूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नु भएको छ ।
सुनसरीका विभिन्न नदी, नाला, पोखरी, नहर र घरका छेउमा अस्थायी छठ घाटको सजावट कार्य गरेर साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी भएको छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो ।
महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व सुरु भएको छ । दाजुभाइप्रति समर्पित सामाचकेवा पर्व मिथिलानी (मिथिलाका नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच आसन्न उच्चस्तरीय वार्तापूर्व चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गर्दै वासिङ्टनको नीतिबाट विश्व बजार अस्थिर भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारस्थित परूवाफाँटमा पाकेर काट्न तयार भएको पहेँलपुर धानखेती ।
मिथिलाञ्चलका महापर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई मिथिलाका साथै देशभरि मनाइँदै छ ।
नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
दुबै मृगौला फेल भएर थला पर्नु भएका वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई उपचार सहयोगार्थ एक लाख ७१ हजार २११ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ।
नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल तनहुँले सोमबार एक युवा पत्रकारलाई सम्मान गरेको छ ।
देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।