म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा प्राबिधिक समस्या आएपछि लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दा विद्युत सुविधाबाट वञ्जित भएका हुन् ।
बाक्लो हिउँ जमेपछि बुधबारदेखि अवरुद्ध भएको मुस्ताङको कागबेनी–कोरला र कागबेनी–मुक्तिनाथ सडकको अवरुद्ध खुलेको छैन ।
पूर्वपश्चिम लोकमार्गअन्तर्गत बर्दीबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१, गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ ।
काठमाडौँको दरबारमार्गस्थित उडल्यान्ड होटलमा आगलागी भएको छ ।
नेपालकै पहिलो चन्द्र नहरको पुनर्निर्माणपछि जापान सरकारले बुधबार एक समारोहबिच नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित आयोजित हस्तान्तरण समारोहमा जापानका राजदूत सिन्तो एसबारुले नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई निर्माण सम्पन्नको कागजात हस्तान्तरण गर्नुभएको हो ।
दाङको घोराही उपमहानगरपालिका वडा १० जलौराका चन्द्रप्रसाद चौधरी पुनः मटाँवामा चयन हुनुभएको छ । उहाँ मटाँवा चयन भएको यो ४७ औं पटक हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता रिझाउन लागिपरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार समिति गठन तथा सम्पर्क कार्यालय स्थापना गर्न थालेसँगै निर्वाचनको माहोल तातिँदै गएको हो ।
मुस्ताङका ठुला राजनीतिक दल गएको माघ ५ गतेभन्दा अगाडि ढुक्क थिए । अघिल्लो पटकको प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सुदेश गुरुङले यस पटक समानुपातिक रोजेपछि मुख्य तीन दलबिच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी विगतको निर्वाचनमा प्राप्त मत र मतदाता आफ्नो पकटमा रहेको अनुमानलाई यस पटक रास्वपाले नयाँ उम्मेदवार मैदानमा ल्याएपछि विगतको भन्दा निकै रोचक बनेको छ ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधि सभा निर्वाचन यस पटक बहुपक्षीय प्रतिस्पर्धाका कारण चासोको केन्द्र बनेको छ । सत्तारूढ तथा प्रतिपक्षी दलका अनुभवी नेतादेखि नयाँ राजनीतिक शक्तिसम्मको सहभागिताले यस निर्वाचन क्षेत्रको समीकरण थप जटिल र रोचक बनेको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा यस पटक गहिरो प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ चुनावी प्रक्रियामा अभ्यस्त नेतादेखि नयाँ योजना बोकेर पहिलो पटक संसदीय चुनावी प्रतितस्पर्धाका लागि निस्किनुभएका पुस्ताबिच गहिरो प्रतिस्पर्धा हुने देखिएको छ ।
बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् । बागमती प्रदशे सभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् ।
४० वर्षीय रमेश परियार मुलुकमा चरम भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतीकरणलाई मान्नुहुन्छ । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उहाँ सुशासनको एजेन्डा बोकेर आफैँ चुनावी मैदानमा होमिनुभएको छ । उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।