पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित हुनुभएको छ । ओखलढुङ्गामा रहेको पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । यसको उचाइ १३० मिटर रहेको छ ।
मुस्ताङमा घुम्न गएका एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९० पैसा र बिक्रीदर १४१ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।
किसानको खेतीलाई सकारात्मक र नकारात्मक दुवैखालको असर पर्ने गरी अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने भएको छ । अरब सागर र बङ्गालको खाडी दुवैतर्फ बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको केही दिन बदलीसहित वर्षा र हिमपात हुने भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।
अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ ।
सहिदहरूको भूमिको रूपमा चिनिने धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले ५ अर्ब बराबरको सहयोग गर्नेभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताउनु भएको छ ।
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित शुभकामना कार्यक्रममा रक्तदान गर्नुहुँदै पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा ।
आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुग्नुभएको छ ।
तराई-मधेशमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको मुख्य दिन सोमबार साँझ व्रतालुले घर नजिकको पोखरी, नदी, सरोवर, जलाशयमा पुगेर अर्घ्य दिएका छन्।
अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर हेटौँडाको राप्ती तटमा छठ पर्व मनाइएको छ । सोमबार पहिलो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो भने मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन हुन्छ । हेटौँडाको राप्ती तटमा व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको छ ।
बाँकेमा तिहार अवधिभर जुवा खेलिरहेका ३० जना जुवाडे पक्राउ परेका छन् । बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवा खेल्दै गरेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्की कमल पोखरीमा पुगेर छठ पूजा गर्नुभएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा पुगेर छठ पूजामा सहभागी हुनुभएको हो।