आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
चीनले मङ्गलबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गर्दै आफूलाई अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ ।
अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारीका लागि एमालेको केन्द्रीय सचिवालयको बैठक यही कात्तिक १५ गते शनिबार बस्ने भएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने छ ।
खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र बुझाएको थियो ।
तिहार सकेपछि पाकेको धान स्याहार्ने चटारोमा किसान थिए । तर सोमबार बिहानबाट परेको पानीले किसानको धान खेतमै डुब्ने अवस्था बनेको छ ।
नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो ।
बाजुराको उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिका विच्छ्या रुगिनका बाढी पहिरोपीडित चिन्तित भएका छन् ।
स्थानीय प्रशासनले हिमाली जिल्ला ताप्लेजुङमा मौसमी जोखिमबाट सुरक्षित रहन सबै नागरिकलाई आग्रह गरेको छ । वर्षा र हिमपातजन्य विपदमा परी ज्यानसमेत जान सक्ने भएकाले स्थानीय प्रशासनले उक्त जोखिमबाट सुरक्षित रहन सबैलाई आग्रह गरेको हो ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वास्थ्य उपचारलगायतका आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
गोरखाका बेपत्ता एक युवा २० दिनपछि मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सहिद लखन गाउँपालिका – २ मनकामनाका ३५ वर्षीय कालुराम थापा मङ्गलबार बिहान चितवनको देबघाट जङ्गलमा फेला परेका हुन् ।
गुल्मीमा चाडपर्वमा ५९ सवारी साधन दुर्घटनामा परेका छन् । हिन्दु नेपालीहरुको महान् पर्वका रुपमा रहेका दसैँ, तिहारको बेला यस जिल्लामा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेसिन (कम्पोनेन्ट सेन्ट्रीफ्यूज) वर्षौँदेखि सञ्चालनमा आउन सकेको छैन ।
मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष भइसक्दा पनि मैत्री पुल अझै सञ्चालनमा आउन सकेको छैन । चिनियाँ पक्षले निर्माण पूरा गरेको सो पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया भइरहेका कारण सञ्चाल आउन नसकेको हो ।