लोकआस्थाको महान् पर्व छठ मङ्गलबार उदाउँदो सूर्यलाई अर्घ दिएर तराई–मधेश क्षेत्रमा भव्यताका साथ समापन भएको छ ।
नेपालमा कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुँदैनन् । ठेक्का लिने तर राम्रो काम नगर्ने वा ढिलो गर्ने प्रवृत्ति झन् बढेको छ । यसले गर्दा आयोजनाको प्रतिफल समयमा नपाइने अवस्था एकातिर छ भने अर्कातिर आयोजनाको लागत बढ्ने र महँगो हुने गरेको छ । यो प्रवृत्ति मौलाउँदा ठेकेदार मात्र मोटाउने तर आयोजना दुब्लाउने र संरचना कमजोर बन्ने नियति भोग्नु परेको छ । सडक, सिँचाइ, पुल आदिका ठेक्का सम्झौता गर्ने तर काम नग
निर्वाचन सार्वभौम जनताले आफ्नो शासन आफैँ गर्ने र आफूमाथि शासन गर्ने प्रतिनिधि आफैँले रोज्ने प्रक्रिया हो । लोकतान्त्रिक व्यवस्थामा निर्वाचन अनिवार्य सर्त हुन्छ । यसको माध्यमले जनताको जनादेशमार्फत राजनीतिले वैधता प्राप्त गर्छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचन र प्रजातन्त्र परिपूरक रहेका हुन्छन् । विश्वसनीय निर्वाचन लोकतन्त्र र मानव अधिकारको आधारभूत आवश्यकता हो । निर्वाचन लगभग छ सय शताब्दीदेखि खास गरेर प्रजातन्त्रको पदावली एथेन्समा प्रयोग भएसँगै लोकतन्त्रमा निर्वाचन अपरिहार्य हुँदै आएको छ । पहिलो अभिलेखमा बढी मत निर्वाचन पद्धतिको प्रयोग भएको पाइन्छ । त्यसपछिको विकसित समय र
वित्तीय सेवा लाइनबाट अनलाइन हुँदा हुने सहजता समयको विकाससँगसँगै हिजोका विधि, प्रक्रिया, मूल्यमान्यता समय सुहाउँदा मानिँदैनन् । कुनै समयमा मान्य विषय समय क्रममा आइपुग्दा त्यति सहज नहुन सक्छन् । यस्तो क्रम
कञ्चनपुरमा आरक्षपीडितहरु जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । आइतबार राति ११ बजे महेन्द्रनगर पुगेका दुई सयभन्दा बढि आरक्षपीडित परिवारले प्रशासन अगाडि पाल टाँगेर पुनर्स्थापनाको मागसहित धर्ना सुरु गरेका हुन् ।
मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजङ्गल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजङ्गल, जल आदिको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन नै सङ्कटमा परी ठुलो आर्थिक क्षति हुनु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकि वातावरणी
कुनै पनि व्यक्तिको बौद्धिक विकास एवं चरित्र निर्माणका लागि शिक्षा अत्यावश्यक छ । जसरी सूर्य नभए संसार अँध्यारो हुन्छ, त्यसरी नै अशिक्षित व्यक्तिको जीवन अन्धकारमय हुन्छ । यही कुरालाई चिन्तन तथा मनन गरी आज विश्वभर शिक्षाको विकासमा विशेष जोड दिँदै आएको छ । फलतः शिक्षित व्यक्तिको सङ्ख्या पनि दिनप्रतिदिन तीव्र रूपले बढिरहेको छ । प्रत्येक देशको शैक्षिक विकासमा त्यस देशको राजनीतिक ने
चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला पात्र हुनुहुन्छ, समृद्धि अर्याल । चलचित्र ‘फर्की फर्की’ बाट अभिनयमा पदार्पण गर्नुभएकी उहाँ दर्शकका लागि नयाँ अनुहार हुन सक्छ । पहिलो चलचित्रमा नै उहाँले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने मौका पाउनुभएको थियो । दोस्रो चलचित्रमै उहाँले अहिले चल्तीका कलाकार दयाहाङ र विजयसँग उहाँले अभिनय गर्ने मौका पाउनुभएको छ ।
तिहारको भोलिपल्ट देशभर घर घरमा उज्यालो थियो । रुपन्देहीका उद्योगमा भने अन्धकार छायो । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझाएको भन्दै गत शुक्रबार साँझदेखि विद्युत् काटेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १० वटा उद्योग बन्द भएका छन् ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल षष्ठिका दिन अस्ताचलमा पुगेको सूर्य र उदायमान सूर्यको पूजा गरी सूर्यलाई अर्घ दिएर मनाइने पर्व श्रद्धालुहरुले विधिवत रुपमा सम्पन्न गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि भएको लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही अगाडि बढाउन र सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग आग्रह गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।
दसैँतिहारलगत्तै फलफूलको कारोबार घटेको छ । नेपाल फलफूल थोक व्यवसायी महासङ्घका अनुसार तिहारअघिको तुलनामा तिहारपछि फलफूलको व्यापार घटेको हो । महासङ्घ काठमाडौँका अध्यक्ष अमर बानियाँले तिहारअघिको तुलनामा तिहारपछि फलफूलको कारोबार झन्डै आधाले घटेको जानकारी दिनुभयो ।
प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ निवासी २७ वर्षीय अभिनन्द कुमार यादव रहेका छन् ।