भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्लाहुँदै तराईसगँ जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ ।
प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा एक सय १३ जनालाई पक्राउ गरेको छ । यस वर्षको तिहारको समयमा रातदिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११३ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको हो ।
स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू. दुई हजारले घटेर रू. दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
क्वालालम्पुर,कात्तिक १० गते । व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत रुबियोसँगको मुस्कुराउँदै हात मिलाएको तस्बिर साझा गर्दै लेख्नुभएको छ, “हाम्रो द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी विषयहरूमा भएको उपयोगी छलफलको म प्रशंसा गर्दछु ।”यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको साइडलाइनमा सम्पन्न भएको थियो । सो अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा उपस्थित हुनुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिङ्कद्वारा सम्बोधन गर्नुभएको थियो ।गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइने भन्सार शुल्क दर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतमाथि मस्कोबाट छुट मूल्यमा तेल खरिद गरेर युक्रेनमा जारी रुसको युद्धलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाएका थिए ।गत हप्ता प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयात कटौती गर्न सहमति जनाएको दाबी गर्नुभएको थियो, तर यसबारेमा नयाँदिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन । रासस/एएफपी
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत छत्रेश्वरी, ६ शिवगुफा नजिकै गएराति करिव १२ बजे गाडी दुर्घटना परेको थियो ।
नेपालीहरुका महान पर्व दसैँतिहार सकिएपछि सुदूरपश्चिमका विभिन्न स्थानमा विराजमान देवीदेवताको वार्षिक भव्य पूजाआजासँगै मेलाको रौनक सुरु भएको छ ।
भुइँसहित ६ तला रहेको गुफामा तलैपिच्छे भर्याङ चढ्दै जाने पर्यटकलाई आकर्षक तर अनौठो गुफाले मोहित बनाउँछ । समुन्द्री सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित गुफाभित्र एउटाबाट अर्को कोठासम्म पुग्न मिल्ने ५० कोठामा प्रत्यक्ष अवलोकन गर्न मिल्छ भने तत्कालीन समयमा कुल एक सय ८ कोठा बनाइएको थियो ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– २ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बस्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो तीन महिनाको अवधिमा छ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ ।
पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र युवा तथा खेलकुदमन्त्री आइतबार नियुक्त गर्नुभएको हो ।
रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ ।
सर्लाहीको बसबरिया गाउँपालिकाका अधिकांश ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति प्रमुख चाड छठमा पनि सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् । सामाजिक सुरक्षा भत्ता निकालेर पर्व मनाउने तयारी गरेका लाभग्राही निराश बनेका छन् । बसबरिया गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन सकेको छैन ।
गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे वर्षा । कता जाने भन्ने होसै पाउनुभएन । घरबाहिर रहेका मानिसले शिवालाई तान्दै नजिकै रहेको माईभगवती वृद्धाश्रमतिर लगेको याद छ । कहाँबाट माईखोला पस्यो, मध्यरातमा खोलाले के ग¥यो थाहा पाउने पनि अवस्था थिएन ।