नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना हुनुभएको छ ।
तटस्थ नीति भूपरिवेष्टित स्विट्जरल्याण्डको आकर्षण हो । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा यो नीति त्यहाँका लागि प्रभावकारी रहिआएको कूटनीतिक क्षेत्रका अध्येताहरू उल्लेख गर्छन् । सानो भूगोल र सीमित जनसंख्या भएका राष्ट्रहरूले स्विस तटस्थतालाई नमुना मान्ने गरेका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा सबैभन्दा बढी मतदान केन्द्र फुङ्लिङ नगरपालिकामा हुने भएको छ । जिल्लाका नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकामा सबैभन्दा बढी मतदान केन्द्र कायम भएको हो ।
कृत्रिम बौद्धिकता (एआई) को आगमनसँगै विश्वमा साइबर अपराध वृद्धि भइरहेको छ । साइबर अपराध कम्प्युटर नेटवर्कमार्फत गरिएको आपराधिक गतिविधि हो । यसमा अन्यको निजी जानकारी चोरी गर्नु, आपत्तिजनक सामग्री फैलाउनु तथा डिजिटल प्रणालीमा अनधिकृत पहुँच गर्नु जस्ता विषय समावेश हुन्छ । बढ्दो प्रविधिको प्रयोगले जीवन सजिलो बनाए पनि यसको दुरुपयोगले समाजमा ठुलो विकृति ल्याउन सक्छ । इजरायलले साइ
दोलखाको समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा रहेको कालिञ्चोकलगायत उच्च पहाडी भेगमा हिउँदे वर्षासँगै बुधबार साँझदेखि हिमपात सुरु भएको छ ।
मुलुक प्रतिनिधि सभा सदस्य निर्वाचन महाअभियानमा होमिएको छ । जनताको सार्वभौम अधिकार प्रयोग हुने सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रक्रियाको एक मात्र विकल्प निर्वाचन हो । राजनीतिक दलहरू यसतर्फ केन्द्रित भएका छन् ।
धौलागिरी आयुर्वेद अस्पताल व्यवस्थापन समिति बागलुङको नवनियुक्त अध्यक्ष तेजबहादुर कुवँरले पदभार ग्रहण गर्नुभएको छ । गण्डकी प्रदेश सरकारद्वारा हालै अध्यक्षमा नियुक्त कुवँरले आगामी तीन वर्षका लागि समितिको नेतृत्व सम्हाल्ने हुनभएको हो ।
मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशमा शान्ति–सुरक्षा सुदृढ बनाउने उद्देश्यसहित फरार प्रतिवादी पक्राउ अभियानलाई उच्च प्राथमिकतामा राखेर तीव्र बनाएको छ ।
आगामी फागुन २१ गते हुने चुनावमा राजनीतिक दल आआफ्ना एजेन्डाका साथ निर्वाचनको प्रचारप्रसारमा जुटिरहेका छन् । योसँगसँगै दलहरूले आआफ्ना घोषणापत्र निर्माण पनि गरिरहेका छन् । हाल निर्वाचनमा व्यक्ति बलियो हुनु पर्छ कि नीति भनेर तर्कवितर्क भइरहेको छ । दलहरूले जेजस्ता एजेन्डा अघि सारे पनि अधिकांशले मुलुकको समुन्नतिलाई मुख्य मुद्दा बनाएका छन् । समुन्नति वा मुलुकको समृद्धिको एजेन्डा सबैको साझा भए पनि यो समृद्धिको बाटो कसरी तय हुन्छ भन्ने आशङ्का गर्ने प्रशस्त आधार छन् । दलहरूको घोषणापत्र एकातिर तथा योजना र कार्यव्रmम अर्कातिर हुने प्रवृत्ति विगतमा देखिएको थियो अर्थात् विगतका चु
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा गल्याङले वालिङ नगरपालिकालाई १० विकेटले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दलहरुको चुनावी एजेन्डा आर्थिक विषयमा साझा हुनु पर्ने बताउनुभएको छ ।
बाजुराका महिलालाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिन भ्याइनभ्याइ छ । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा विवाह गरेर घरमा रहेकी चेलीलाई माघ महिनाभरि चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने प्रचलन छ । त्यही प्रचलन अनुसार महिलालाई आफ्ना चेलीलाई चेलत्यार (सेलपुरी बनाएर चेलीलाई दिने काम) दिने चटारो परेको हो ।
भारतीय टेलिचलचित्रका कलाकार रोहित चौधरी नेपाली चलचित्रमा देखिने हुनुभएको छ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनिरहेको चलचित्र ‘आचार्य’ मा उहाँ अनुबन्धित हुनुभएको हो ।
सल्यान जिल्लाका दुई हजार ६६९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ ।