तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।
हाल देशमा पश्चिमी वायुको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।
‘बेली चमेली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, विनोद ढकालको ¥याप तथा निशाद चन्द्राको सङ्गीत संयोजन रहेको छ । गीतको मिक्स–मास्टरिङ बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गर्नुभएको हो ।
साहित्यकार कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क सार्वजनिक गरिएको हो । सनातन धर्म सेवा समितिका अध्यक्ष माधवप्रसाद न्यौपाने, नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल शिक्षक महासङ्घ सुनकोशी गाउँपालिकाका अध्यक्ष बच्चु कोइरालालगायतले पत्रिका सार्वजनिक गर्नुभएको हो । पिताजी कृष्णप्रसाद कोइरालाको तीन पुत्र मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
पर्यटकीय सिजनको सुरु भएसँगै इलामका पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरो पछि केही समय सुनसान भएका अन्तु र कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरुप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताउनुभएको छ ।
देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या छ करोड चार लाखभन्दा बढी पुगेको छ भने कर्जा खाता करिब २० लाखनजिक पुगेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनासम्म समीक्षा अवधिमा निक्षेप खाता छ करोड चार लाख ५३ हजार ५९३ रहेका छन् । सोही अवधिमा कर्जा खाता सङ्ख्या १९ लाख ९३ हजार २३४ रहेको छ ।
अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित व्यापार तथा लगानी सम्मेलनमा सहभागी नेपाली मूलका उद्यमी व्यवसायीले लगानीमैत्री वातावरण र सहजीकरणका लागि सरकारसँग आग्रह गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा गत आवको पहिलो तीन महिनाको अनुपातमा कम बजेट खर्च भएको छ । बागमती प्रदेश सरकारले चालु आवका लागि विनियोजित कुल बजेटको ६.१९ प्रतिशत मात्र गत असोज मसान्तसम्ममा खर्च गरेको छ । गत आवको पहिलो तीन महिनामा प्रदेश सरकारले विनियोजित कुल बजेटको ६.८८ प्रतिशत खर्च गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।
घरायसी विवादका क्रममा बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ ८ भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले भरुवा बन्दुक पड्काउँदा १७ वर्षीय छोरा सफल लिम्बूको मृत्यु भएको हो ।
नेपालले एकै महिनामा २५ अर्ब रुपियाँभन्दा बढीको वस्तु निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्याङ्क अनुसार असोजमा मात्रै नेपालले २५ अर्ब ४६ करोड रुपियाँको वस्तु निर्यात गरेको हो ।
उपसभामुख इन्दिरा रानाले आगामी फागुन २१ गते हुने निर्वाचन मार्फत देशलाई लोकतान्त्रिक मूल्य र जनमतका माध्यमबाट अझै सशक्त बनाउने महत्त्वपूर्ण अवसरका रुपमा उपयोग गर्न व्रतालुलाई आग्रह गर्नुभएको छ ।