स्याङ्जामा बैंकका सुरक्षा गार्ड माथि बैङ्क भित्रै चक्कु प्रहार भएको छ । विरुवा गाउँपालिका वडा नम्बर–१ मा रहेको गरिमा विकास बैङ्क लिमिटेडको सुरक्षा गार्ड शेरबहादुर थापालाई बैङ्क परिसरमा नै चक्कु प्रहार भएको हो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
सुरक्षा निकायलगायत सबैको ध्यान निर्वाचनको तयारी र कार्यक्रममा रहेको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दैगएको छ ।
बङ्गलादेश र नेदरल्यान्ड्स आइसिसी महिला टी–२० विश्वकपमा छनोट भएको छ ।
स्याङ्जाको वालिङमा बुधबारबाट नवौं चरणको महोत्सव सुरु भएको छ । ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ नारासहित वालिङस्थित खेल मैदानमा गण्डकी प्रदेशस्तरीय महोत्सव सुरु भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ताप्लेजुङका अठार जनाको नाम बन्दसूचीमा समावेश भएको छ । विभिन्न दलका तर्फबाट समानुपातिकमा सिफारिस भएकाको नाम बन्दसूचीमा समावेश भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो।
पितृसत्तात्मक समाजिक संरचनाका कारण घरधन्दामै सीमित हुँदैआएका सुदूरपश्चिमका ग्रामीण महिलाहरू चुलो–चौकाबाट बाहिर आउन थालेका छन् ।
थाइल्यान्डले जङ्गली हात्तीको तीव्र रूपमा बढ्दै गएको जनसङ्ख्या नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक गर्भनिरोधक खोप प्रयोग गरेको छ । वन्यजन्तु संरक्षण विभागका एक वरिष्ठ अधिकारीले बुधबार यसबारे जानकारी दिएका हुन् ।
सरकारले नवलपुरको कावासोतीमा भूमाफियाले कब्जा गरेको जग्गा छानबिन गर्न समिति गठन गरेको छ। सचिव स्तरीय निर्णयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव जीवनराज सेढाईको संयोजकत्वमा तीन सदस्सीय समिति गठन गरिएको हो।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले बुधबार चीनको तीन दिने औपचारिक भ्रमण सुरु गर्नु भएको छ ।
एक–अर्को दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका –३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उहाँको हत्या गरिएको तथ्य खुलेको प्रहरीको भनाइ छ ।
सप्तरीको महादेवा गाउँपालिका-२, अकबरपुर टोलका एक अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बुधबार विभिन्न सामग्री सहयोग गरेको छ।