चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तर्राष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उहाँले बारीमा किबीका बोट देख्न सकिन्छ ।
म्याग्दीमा २० वर्ष अघि भएको एक हत्या घटनामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिकाले कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत एक सयभन्दा बढी कर्मचारीहरूको एकैसाथ करार सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।
पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।
झापामा हुन लागेको नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता (गोल्डकप) को तयारी तीव्र बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मनाङले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा सात सय ९१ थान राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डमा पर्यटक बोकेर आएका सवारी साधनको लामो लस्कर लागेको छ । दसैँ–तिहार र छठ पर्व विदाको अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएपछि बेनी–जोमसोम सडकमा सवारीसाधनको लामो लस्कर लागेको हो ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले देश अहिले गम्भीर अवस्थामा रहेकोले अहिले मुलुकको हितको लागि सबैले आआफ्ना ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् ।
साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको छ । भेषजराज साहित्य प्रतिष्ठानले स्याङ्जाको वालिङमा गरेको कार्यक्रममा दुई जना साहित्यकारहरुलाई सम्मान गरिएको हो ।
यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ ।
पर्यटकीय सिजनको सुरुमै इलामका चर्चित पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरोपछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौसम खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लाग्न थालेको हो ।
लमजुङ र मनाङका पर्यटकीय गन्तव्यहरुमा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । दसैँ तिहार तथा छठसम्मको लामो बिदाका कारण आन्तरिक पर्यटकहरुले पर्यटकीय गन्तव्यहरु भरीभराउ भएका छन् ।