सप्तरीको महादेवा गाउँपालिका-२, अकबरपुर टोलका एक अग्निपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लब सप्तरीले बुधबार विभिन्न सामग्री सहयोग गरेको छ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचमा विभिन्न राजनीतिक दलले घोषणापत्रहरूको तयारी गरिरहेका बेला विभिन्न १६ वटा नागरिक संघसंस्थाले सुझाव पेश गरेका छन।
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ ।
नेपाली राष्ट्रिय टोलीका क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको छैटौँ स्थानमा उक्लिनुभएको छ ।
संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र यूरोपेली सङ्घबिच सम्पन्न व्यापार सम्झौतापछि भारतले युरोपेली बजारमा महत्वपूर्ण पहुँच पाएको बताउनु भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयन सकिएसँगै बाँकेमा चुनावी सरगर्मी बढ्न थालेको छ।
उत्तरी गोरखामा हिमपात भएको छ । बुधबार बिहान ३ बजेदेखि चुमनुब्री गाउँपालिका-१ साम्दो, सामागाउँ, ल्हो, स्याला चुम्चेत र छेकाम्पारमा रूपमा हिमपात भईरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजना सार्वजनिक गरिने बताउनु भएको छ ।
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान कार्यान्वयन प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेशनल लेजिसलेटिभ एकाडेमीले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको संविधान कार्यान्वयन सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४, लिङ्तेपमा सम्पन्न प्रथम लिङ्तेप गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पाँचथरको कुम्मायक कुसायकले जितेको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मोरङ जिल्लामा इजाजतप्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ ।
तनहुँका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले वेनेजुएलामा बन्द भएको आफ्नो दूतावासलाई फेरि खोल्ने प्राथमिक तयारी थालेको छ ।
कृषि बिमा गर्दा गण्डकी प्रदेशमा किसान प्रिमियम तिर्नु पर्दैन । सङ्घ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत प्रिमियम तिरिदिने गरेका छन् । यस्तो सुविधा हुँदाहुँदै पनि कास्कीका किसान भने कृषि बिमाप्रति आकर्षित भएको देखिँदैन ।