बागलुङको ढोरपाटन नगरपालिका ९ फल्लेघर भन्ने स्थानमा आइतबार बिहान जिप दुर्घटना भएको छ । ढोरपाटन उपत्यका घुमेर फर्कने क्रममा लु ३ च ६८४७ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा सवारमा दुई जना सामान्य घाइते भएका छन् ।
सूर्य देवताको पूजा आरधना गर्दै छठ पर्वलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नेगरी स्थानीय त्रियुगा नदीको किनारामा छठीदेवीको पूजा घाट निर्माण गरिएको छ ।
नेपाली बजारमा आइतबार सुन तोलामा ११ हजार ६ सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपियाँ निर्धारण गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । मौजुदा मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् ।
। दसैँ–तिहार सकिएसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा, जात्रा र मेलाको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष प्रारम्भ भएसँगै बैतडीका गाउँ–सहरहरू भक्तजनको भीडले गुञ्जिएका छन् ।
चीनको ताक्लाकोटबाट नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीका युवायुवती आफ्नो बस्तीमा फर्कन थालेका छन् । हिउँद लाग्न सुरु भएपछि रोजगारी र व्यापारकाका लागि चीनको ताक्लाकोट गएका युवायुवती यतिबेला गाउँ फर्किन थालेका हुन् ।
जाडो छल्नका लागि साइबेरियालगायत क्षेत्रबाट कञ्चनपुर–कैलालीका सीमसार, नदी तथा तालतलैयामा हिउँदे पाहुना चरा पुग्ने क्रम सुरु भएको छ । उत्तरी क्षेत्रका हिमाल छिचोल्दै लामो दूरी तय गरेर पुग्न थालेका पाहुना चराका कारण सीमसार क्षेत्र र तालतलैयामा चहलपहल बढ्न थालेको छ ।
चाडपर्वको माहोलमा तरकारीको मूल्य आकस्मिक रूपमा बढ्दा उपभोक्तामात्र होइन, व्यापारीहरू समेत हैरान भएका छन् । दसैँदेखि क्रमशः बढ्दै आएको तरकारीको भाउ छठसम्म आइपुग्दा किन्नै नसकिने गरि महँगिएको छ ।
झापामा छठ पर्वको तयारी तीव्र रुपमा भएको छ । भारतसँग सीमा जोडिएको झापाको भद्रपुर र मेचीनगरमा वर्षौदेखि नेपाल र भारतका नागरिकहरुले संयुक्त रुपमा छठ पर्व मनाउने गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरु अन्नपूर्ण आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित चार हजार एक सय ९० मिटरको उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा विभिन्न ६ प्रकारका अपाङ्गता भएका पर्यटकहरु पुगेका हुन् ।
गत जेठदेखि बन्द भएको कालीगण्डकी नदीमा जलयातायात सुचारु भएको छ । शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलप्रसाद भट्टराईका अनुसार वर्षायाममा नदिमा पानीको बहाव बढेका कारण बन्द भएको जलयातायात सूचारु भएको हो ।
यस वर्ष पनि सल्यानमा बालवालिकाहरुको अपाङ्गता पहिचान, परीक्षण तथा पुनःस्थापनाका लागि अभियान थालिने भएको छ ।
विशेष गरी तराई मधेशमा मनाइने लोकआस्थाको पर्व छठ शनिबारदेखि सुरु भएको छ । यो पर्व चार दिनसम्म मनाउने गरिएको छ । छठपर्व सुरु भएसँगै मधेश प्रदेशका जिल्लामा जलाशय र पोखरीको सरसफाइ, सजावट र पूजास्थल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । ठाउँ ठाउँमा आकर्षक स्वागतद्वार निर्माण, पोखरी वरिपरि रङरोगन र सरसफाइको काम भएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराजसरसहितका दजनौँ पोखरीमा घाट निर्माणदेखि सजावटको काम भइरहेको छ ।
अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दरबन्दी अनुसारको कर्मचारीलाई जिम्मेवारी दिन स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले माग गरेका छन् । उपमहानगरपालिकामा सहसचिव तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने मापदण्ड भए पनि सोभन्दा कनिष्ठ तहका कनिष्ठ कर्मचारीलाई लामो समयदेखि इटहरी उपमहानगरपालिकामा जिम्मेवारी दिइएको भन्दै यहाँ मापदण्ड अनुसारको कर्मचारी पठाउन माग गरिएको हो ।