विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ चखेलका किसानले बारीमा पसिना बगाए पनि भविष्य उज्यालो हुन्छ देखाएका छन् ।
केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ । दसैँतिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु एक अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।
यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे ।
मुस्ताङ जाने सडक छेउमा पर्ने रुप्से झरना अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तिहारपछि दैनिक रुपमा करिब पाँच हजारभन्दा धेरै पर्यटकले रुप्से झरनाको अवलोकन गर्ने गरेका छन् ।
“पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।
गुल्मीमा गएराती ट्याक्टर दुर्घटना हुँदा सह—चालकको ज्यान गएको छ ।
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरस्थित कोशी किनार र नहरमा छठघाट तयार गरिएको छ ।विभिन्न स्थानहरूमा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।
चारदिनसम्म मनाइने छठपर्व आइतबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोस्रोदिन अर्थात पञ्चमी तिथिमा ब्रतालु दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
विशेषगरी हिमाली र पहाडी भेगमा उत्पादन हुने फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापर तीते र मिठे गरी दुई प्रजातिको रहेको हुन्छ ।
नवलपुरको देवचुलीमा पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली–१७ को आँपको बगैँचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि जिल्लाभर खेलकुद गराउने मुख्य काम गर्दै आएको जिल्ला खेलकुद विकास समिति अहिले कार्यसमिति विहीन बनोको छ । यद्यपि, कार्यालय प्रमुखविहीन भएको करिब दुई वर्ष भयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ ।