स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो तिहारमा फूल, माला तथा केही समय अगाडि बिरुवा बेचेर सात लाख रुपियाँ आम्दानी गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पार्नु भएको छ ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९ पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै उक्त सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
पश्चिम नेपाल र मुस्ताङ घुम्न जाने पर्यटकहरुको कारण बागलुङका होटलहरु भरिभराउ भएका छन् । दशैं, तिहार र छठजस्ता पर्वको अवसर पारेर बागलुङ आएका आन्तरिक पर्यटकका कारण यहाँका होटल तथा लजहरू भरिभराउ भएका हुन् ।
पाँचथरको फालेलुङ गाउँपालिकामा आगलागीमा परी एउटा घर जलेको छ । फालेलुङ–५ प्राङवुङका एलमान थाम्सुहाङको घर आगलागीमा परेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नु भएको छ । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ ।
जिल्लाको काठेखोला गाउँपालिका–७, रेश र बागलुङ नगरपालिका–५, मालिकाका महिलालाई बाख्रा उपहार दिइएको छ । काठेखोला, बागलुङ नगरपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बिवाइसीले रेश र नेपाल गाजा फाउण्डेसनले मालिकाका किसानलाई बाख्रा उपहार दिएको हो ।
थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच सकिएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ ।
फोर्स गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो ।
कास्कीको पोखरा महानगरपालिका –५, पस्र्याङमा शुक्रबार राति विवादका क्रममा एक जनाको हत्या भएको छ । पस्र्याङ बस्ने ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरा–१८, सराङकोट घर भई हाल मालेपाटन बस्ने वर्ष २४ का किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रूपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माणको समय अवधि ६० प्रतिशत सकिँदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।
कोशी प्रदेशका बाढी पहिरो पीडित परिवारलाई पाकिस्तानले सहयोग गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान युवा परिषदले इलाममा बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।