फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिराहा क्षेत्र नं. ४ मा पाँच जना पूर्वमन्त्रीबिच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ। ती सबै पूर्वमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले चुनौती दिएका छन्।
“जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भन्नुभयो, “जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।”
काठमाडौँ उपत्यकासहित देशभर बुधबार बिहानदेखि बाक्लो कुहिरो र बादल लागेका कारण दैनिक जनजीवन प्रभावित बनेको छ ।
पहिलो हिउँदे वर्षा भएसँगै पछिल्लो साता डडेल्धुरामा दुई पटक हिमपात भएको छ । गएको असोज २१ गते पछि गत शुक्रबार साँझ मात्रै यस वर्षको हिउँदे वर्षा भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पूर्ण प्रतिबद्धताका साथ निरन्तरता दिने बताउनुभएको छ । आर्थिक अभावले गर्दा बिमा कार्यक्रम प्रभावित हुन सक्ने भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा सत्यता नरहेको दाबी गर्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो ।
मङ्गलबार रातिदेखि लगातार परेको हिमपातले नाग्म– गमगढी राजमार्गअन्तर्गतको घुच्चीलेक खण्डमा सडक अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ पन्छाइ सडक डिभिजन कार्यालय जुम्लाले सडक सञ्चालनमा ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ २१ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले स्थानीयलाई निर्देशन दिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. १ को चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ ।
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
सुदिप्ताको डेब्यु निर्देशन रहेको चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक सुदिप्ताले चलचित्रलाई मायाप्रेमको कथाभन्दा पनि प्रेम–बिछोडको कथाका रूपमा दर्शकमाझ पस्कन खोजेको बताउनुभयो ।
लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन–१ प्रतियोगिता आयोजना हुने भएको छ । अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित एक्टिङ आइडल सिजन–१ ल्याउन लागिएको लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टकी संस्थापक पूजा रेग्मी महन्तले जानकारी दिनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा एकै परिवारका आमाछोराको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ५२ वर्षीया आमा र उहाँका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । सर्लाहीको लालबन्दीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा मङ्गलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग सर्लाहीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारीसमेत लिनुभएको छ ।
मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।