नवलपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बाइकमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।
उद्घाटन भएको पाँच महिनासम्म पनि बसपार्क सञ्चालन आउन सकेको छैन । बसपार्क सञ्चालनमा आउन नसकेपछि राजविराज बजारको मुख्य सडकमा सवारी साधनहरूको पार्किङ भइरहँदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ ।
विगतमा मधेशी समुदायमा मात्र सीमित छठ अहिले देशभर फैलिएको छ । चार दिनसम्म मनाइने छठ पर्व आज (शनिबार)बाट विधिवत रूपमा सुरु भएको छ ।
धारिलो हतियार प्रहार हुँदा तनहुँमा एक युवक सख्त घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय दीपेश न्यौपाने शुक्रबार साँझ घाइते भएका हुन् ।
खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–६, हरेवास्थित अर्जेवा झरना पर्यटकको आकर्षण बनेको छ । यहाँ आउने आन्तरिक एवम् बाह्य पर्यटकहरु बढ्दै जान थालेका छन् ।
मिथिलामा आज (शनिबार) देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिवालय गौसंरक्षण केन्द्र अहिले पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट उदाहरण बनेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।
सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतक सातमध्ये ६ जनाको पहिचान खुलेको छ ।
माण्डवी गाउँपालिका –५, रम्दी ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालकको मृत्यु भएको छ । तीनजना यात्रु घाइते भएका छन् ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।