बाजुराको हिमाली गाउँपालिका–६, पाँडीका ८१ वर्षीय नरजित रावल देशकै उत्कृष्ट मौरीपालकका रूपमा सम्मानित हुनुभएको छ । किशोरावस्थादेखि गाउँमा मौरीपालन गर्दै आउनुभएका रावललाई गोदावरी कालिज फार्म तथा मौरीपालन स्रोत केन्द्र ललितपुरले मौरीको घारसहित सम्मानित गरेको हो ।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा जिल्लाका अधिकांश अशिक्षित, दलित तथा पिछडावर्गका मतदाताले मतदान शिक्षाको आवश्यकता महसुस गरेका छन् । ती समुदाय तथा वर्गका मतदातासमक्ष चुनावी गतिविधि पुगे पनि मतदाताले प्रत्यक्ष र समानुपातिक प्रणाली अनुरूप मतदान गर्ने तरिकाबारे अनभिज्ञता जनाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाबहिलस्थित यातायात व्यवस्था कार्यालयमा मङ्गलबार छापा मारेको छ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिलाई तीन महिना नपुग्दै अर्को परीक्षामा संलग्न गराएको उजुरी परेपछि आयोगले छापा मारेको हो ।
भारत र युरोपेली सङ्घ (इयु) बिच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँ दिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक्षका नेताहरूले यस सम्झौतालाई औपचारिक रूप दिने तयारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र नं. ५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो । दुवै जनालाई आआफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि
काठमाडौँ वसन्तपुरकी ४८ वर्षीय कविता चित्रकारको जीवन २०७९ सालमा अचानक बदलियो । स्तन दुखिरहने समस्याको उपचारका लागि चिकित्सकको परामर्शमा जाँदा तेस्रो चरणको स्तन क्यान्सर भएको जानकारी दिइयो ।
आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको छ ।
मेक्सिकोको सालामाङ्का नगरपालिकास्थित एक फुटबल मैदानमा सोमबार भएको भीषण गोलीकाण्डमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि सफल मोडेलका रूपमा स्थापित भएको दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद रामहरि खतिवडाले व्यक्तिगत स्वार्थ र आन्तरिक मतभेदभन्दा माथि उठेर पार्टीको बृहत्तर हितमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–२७ जमलमा मंगलबार भएको सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।
हिमपातले अवरुद्ध पर्यटकीय क्षेत्र रारा जाने नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगडी भुलभुलैया खण्ड चार दिनपछि सञ्चालनमा आएको हो।
तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य आजदेखि स्थगित गरिएको छ ।