विश्व पोलियो दिवस २०२५ का अवसरमा शुक्रवार भरतपुरमा जनचेतना र्याली निकालिएको छ ।
खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट रु ६५ करोड ३० लाख बढी भित्रिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दम्पतीको लागि भक्तपुरको गुण्डुमा आवास निर्माण हुने भएको छ । गुण्डुबासीको पहलमा ओली दम्पतीको लागि आवास बन्न लागेको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।
जडिबुटी निर्यातका लागि प्रमुख नाकाको रुपमा परिचित नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुको तीन महिनामै ११८ प्रतिशतले वृद्धि भएकोे छ ।
तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा धमाधम छठ पर्वको तयारी सुरु भएको छ । तराई मधेशसहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको हो ।
नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने फ्युजमेसिन्सले बिहीबारदेखि अमेरिकाको प्रतिष्ठित नास्डाक कम्पनीबाट स्टक कारोबार सुरु गरेको छ ।
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त छन् । खेतमा खनजोत नगरी सिधै धानको गाँजमै कुटोको सहायताले लसुन रोप्ने कार्यमा उहाँ लाग्नुभएको छ ।
स्याङ्जाको वालिङ कृषकहरुले बाख्रा पालनका लागि व्यवस्थित खोर निर्माण गरेका छन् । खोरको सुधारमा ध्यान दिएसँगै कृषकहरुले व्यावसायिक बाख्रापालन गर्न लागेका हुन् ।
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप माप्य दूधकोशी गाउँपालिका–६ को भिरकुनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तिहार सकिँदा तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिलाको अनुहारमा प्रसन्नता झल्किएको छ । उनीहरूले यस वर्षको तिहारमा सयपत्री फूल बेचेर करिब सात लाख रुपियाँ आम्दानी गरेका छन् ।
दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेत भन्ने ठाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु.प.प्र. ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
बाँकेका तीन वटा गाउँपालिकाका स्थानीय बासिन्दा वर्षौदेखि ज्यान जोखिममा हालेर डुङ्गामा राप्ती नदी वारपार गर्न बाध्य छन् । राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाका धेरै किसानको डुडुवातर्फ खेती भएकाले अधिकांशले नदी पार गर्नुपर्ने हुन्छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ गोग्दीस्थित दुमकट्टामा देउसीभैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिकामा रुखबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ परसाहा घर भएका ६२ वर्षीय परशुराम पुवेलको रुखबाट लेडेर मृत्यु भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार बिहान सपरिवारसहित पशुपतिनाथ मन्दिरमा गरेको दर्शनपछि लिइएको तस्बिरलाई लिएर भ्रम फैलाउने दुस्प्रयास रहेको उहाँको सचिवालयले जनाएको छ ।