राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अस्ट्रेलियाको संसद हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टन डिकसँग द्विपक्षीय भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५१ अौँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष दाहालले अष्ट्रेलियन सभामुखसँग भेट गर्नुभएको हो।
तिहारसँगै यहाँका विभिन्न स्थानमा जात्राको रौनक सुरु भएको छ । भाइटिका अर्थात द्वितीया तिथिबाट सुरु हुने जात्रा पूर्णिमाको दिन सकिन्छ ।
उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले हाइपरसोनिक मिसाइल प्रयोग गरिएको ‘अत्याधुनिक’ नयाँ हतियार प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ ।
प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले सङ्कटापन्न सूचीमा सूचीकृत सालक संरक्षणमा मकवानपुरका सामुदायिक वनका प्रतिनिधिहरु सक्रिय हुनुभएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशसँग क्यारेबियन क्षेत्रमा तैनाथ अमेरिकी सेनाको गतिविधिको प्रतिरोध गर्नका लागि रूस निर्मित करिब पाँच हजार म्यान-पोर्टेबल सतहदेखि हावामा प्रहार गर्न सकिने एन्टी-एयरक्राफ्ट क्षेप्यास्त्र भएको बताउनुभएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ का ३६ वर्षीय बालिक विश्वकर्माको सानैदेखिको सोख हो चित्रकला ।
वीरगन्जको स्थानीय बजारमा हरियो तरकारीको मूल्य हालसम्मकै उच्च भएको छ । गत असोज १८ गते आएको बाढीका कारण किसानहरूले लगाएको तरकारी नष्ट भएपछि मागअनुसार हरियो तरकारी बजारसम्म पुग्न नसक्दा तरकारीको मूल्य आकासिएको ब्यवसायीहरुको भनाइ छ।
चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।
सर्लाहीका हाटबजारमा आज साँझसम्म पनि तिहारको चहलपहल देखिएको छ । तिहारको भाइटीकामा प्रयोग हुने सरसामग्रीको दिनभरी ग्राहकको चहलपहल जारी रहेको हो ।
विश्वसम्पदा सूचीमा सूचिकृत हिमालपारीको जिल्ला मुस्ताङको ऐतिहासिक तथा पर्यटकीय स्थल हो, लोमान्थाङ ।
राजन रावतहुम्ला, कात्तिक ६ गते । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको पूर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचारप्रसार र प्रवर्धन गर्न महासङ्घको बैठक पाँच हजार मिटर उचाईको लाप्चामा सम्पन्न भएको हो ।नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको चौथो पूर्ण बैठक लिमीको पाँच हजार मिटर उचाईको लाप्चामा सम्पन्न भएको महासङ्घ हुम्ला शाखाका उपाध्यक्ष सुरेश परियारले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासङ्घले आफ्नो बैठक लाप्चामा राख्ने कार्य गरेको हो । बैठकले पर्यटकीय स्थल लिमी र लाप्चाका प्रचार प्रसार गर्ने, न्यालु, ताक्ची र लाप्चाका सञ्चारको पहँँच पुर्याउन नेपाल सरकारसँग माग गर्ने, महासङ्घका पाँच जना पुर्व अध्यक्षहरू जयबहादुर रोकाया, तीर्थराज रोकाया, कर्णबहादुर रोकाया, रमेश ऐडी अर्जुन बोहरालााई सम्मान पनि गरेको छ भने हाल काठमाडौँमा उपचार पत्रकार मिमसिंह नेपालको उपचारका लागि आर्थिक सहयोगका लागि पहल गर्ने निर्णय पनि गरेको छ । महासङ्घको बैठक लाप्चामा वस्नका लागि पन्द्र सदस्यीय पत्रकारको टोली लिमीतर्फ गएको थियो । लाप्चा क्षेत्रमा हिउँ जमेको कारण पूर्वाधार विकास कार्यालयले एक्साभेटर लगाएर हिँउ फाल्ने कार्य गरेको थियो । महासङ्घको टोली लिमीकै हल्जी गाउँँमा पनि पुगेको थियो । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको व्यवस्था हेल्थ अस मेडिकल सेन्टर गरेको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सबै पक्षको सहकार्यबाटै मुलुकले निकास पाउने बताउनुभएको छ ।
कञ्चनपुर कारागारमा रहेका कैदीबन्दीलाई दिदीबहिनीको हातबाट भाइटीका लगाउने अवसर प्रदान गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ ।
तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् ।