मोबाइल र इन्टरनेटको विस्तारले जीवनशैलीमा आमूल परिवर्तन गरेको छ । सँगसँगै, अनलाइन ठगीका घटना पनि बढेका छन् ।
मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा जिल्ला सुरक्षा समिति तथा जिल्ला निर्वाचन समितिको टोलीले सक्रियता बढाएको छ ।
नाम्खा गाउँपालिका–३ खगालगाउँको झुला गाउँमा ५० किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा आएको छ । उक्त मिनीग्रीड परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा विद्युत आपूर्ति समेत सुरु भएको हो ।
बर्दियामा निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न र गराउनका लागि राजनीतिक दल लगायत सम्पूर्ण पक्षले प्रतिवद्धता जनाएका छन् ।
राष्ट्रियसभा सदस्यहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
वेष्ट इन्डिजले शाइ होपको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (आठौँ तह) भरतकुमार आचार्यले आफ्नो पदको दुरुपयोग गरी करोडौँ मूल्य बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
निस्दी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि अंशुवर्मा माध्यमिक विद्यालय निस्दी–२ ले जितेको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् ।
नेपाल पुलिस क्लबलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
भारतसँग ६५ किलोमिटरको खुला सीमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताउनुभएको छ।
सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ। सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानको स्मरण गर्दै सभा आयोजना गरिएको हो।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका सिमसारसहित पुुरैनी तालमा जलपन्छी बढेका छन् । यसवर्ष गणना गर्दा गत वर्षको तुलनामा जलपन्छी बढेको पाइएको हो ।