भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ।
जिल्ला सदरमुकाम दमौलीबाट व्यास नगरपालिका –१४ केशवटार जोड्ने सडकको स्तरोन्नति र कालोपत्रे भएपछि स्थानीयवासीमा खुसीयाली छाएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनी बजारमा परेको हिउँ । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।
सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली जिल्लामा यस वर्ष दोस्रो पटक वर्षा र हिमपात भएको छ । बैतडीमा मङ्गलबार साँझदेखि नै सतबाँझ, रौलाकेदार क्षेत्र, सिगास, खोडपे, अनारखोली र ढोल्यामोडलगायत उच्च भेगमा बाक्लो हिमपात भएको हो ।
जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख बराबरको आम्दानी भित्रिएको छ ।
लागु पदार्थ सेवन गरी सवारी साधन चलाइरहेका ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारबाही अघि बढाएको छ ।
सल्यानमा हिउँदे वर्षा भएपछि किसान एवं अन्य सर्वसाधारणलाई राहत मिलेको छ । लामो समयपछि परेको पानीले जिल्लाको कृषि, वातावरण र जनजीवनमा राहत प्रदानगरेको हो ।
कुष्ठरोगबारे आम जनमानसमा सचेतना जगाउन अभियान सञ्चालन गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
लमजुङका राजनीतिक दल र उनीहरूका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्धता जनाएका छन् ।
हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावललगायत गाउँ हिउँले ढाकिएका छन् ।
राष्ट्रिय स्वास्थ्य पार्टी(रास्वपा)का सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देशभर शोकको लहर फैलिएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उहाँसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तीर्थस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने मुक्तिनाथ मन्दिरमा करिब डेढ फिट हिमपात भएको छ ।