• १४ माघ २०८२, बुधबार

प्रेम–विछोडको कथा ‘रमिताको पिरती’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १४ गते । सुदिप्ताको डेब्यु निर्देशन रहेको चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । निर्देशक सुदिप्ताले चलचित्रलाई  मायाप्रेमको कथाभन्दा पनि प्रेम–विछोडको कथाका रूपमा दर्शकमाझ पस्कन खोजेको बताउनुभयो ।  

माघ २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा रमिता अर्थात् आना शर्मा देखिनुभएको छ । साथै यसै चलचित्रमार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दै हुनुहन्छ । सेरो फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आना र समीरसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीलगायतको अभिनय छ । सन्तोष लम्साल कार्यकारी निर्माता चलचित्रमा आरपी प्रोडक्सन एसोसिएट निर्माताका रूपमा छ । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको सङ्गीत छ ।