शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, माघ १४ गते । सार्वजनिक स्थलबाट निकालिएका कुर्सी (फर्निचर) लोकन्थलीस्थित एक गोदाममा मर्मत सम्हार जारी छ । महानगरले पुराना तथा जीर्ण बनेका उक्त कुर्सीहरू केही दिनअघि मर्मतका लागि झिकिएका थिए ।
सो कुर्सी हटाइएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरिएको थियो । सो मर्मतको ठेक्का तेज–रा जोइन्ट भेन्चर्सले गरिरहेको छ । मर्मतपछि कुर्सीलाई पुरानै स्थानमा राखिने र बाँकी फर्निचर तीनकुने कोरिडोर क्षेत्रमा रखिएको छ ।












